काठमाडौं- भारतीय पत्रकार रविश कुमारले एसियाको प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका छन्।
भारतको एनडीटिभीमा कार्यरत कुमारले सन् २०१९ का लागि उक्त पुरस्कार पाएका हुन्। पुरस्कार प्रदान गर्ने संस्थाले पत्रकार रविश कुमारसहित अन्य ५ जनाको नाम घोषणा गरेको हो।
लामो समयदेखि पत्रकारितमा सक्रिय उनलाई सत्ताको कटु आलोचकको रुपमा चिनिन्छ। उनी जनपक्षीय पत्रकारिताको पक्षपोषकका रुपमा सक्रिय छन्।
भारतीय टेलिभिजन पत्रकारिताको उनले खुलेर आलोचना गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।