काठमाडौं– मेलम्ची खानेपानी आयोजनाका दुई मजदुरको मृत्यु भएको छ।
शुक्रबार बिहान ९ः५० बजे काठमाडौंस्थित बालाजुमा आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरेर सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको हो।
मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र उनका सहोदर भाइ २० वर्षीय शिककान्त साह रहेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए। उनीहरु आयोजनाका पाइप (च्याम्बर) सफा गर्न भित्र प्रवेश गरेका थिए।
धेरै समयपछि पनि बाहिर ननिस्किएपछि डोजरले खनेर पाइप निकाल्दा मृत भेटिएको डिएसपी राणाले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।