काठमाडौं- राजस्व अनुसन्धान विभागले काठमाडौं भ्युटावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालविरुद्ध हुण्डी कारोबार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
भेटवालसहित ४ जनाले ४ करोड ६० लाख रुपैयाँ अवैध कारोबार गरेको आरोपमा विभागले जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको हो।
भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ।
भेटवालसहितको समूहले काठमाडौं भ्युटावरमा लगानी गर्ने भनी सिंगापुरमा अवैध रुपमा पैसा संकलन गरी गैरकानुनी बाटोबाट नेपाल पठाएको भेटिएको विभागले जनाएको छ।
विभागका अनुसार आरोपित राजकुमार विष्ट निशा गुरुङको अभिताभ मल्टी प्रपोज प्रालिका कर्मचारी हुन्। शिव विष्ट भने राजकुमारका सहोदर भाइ हुन्। अभिताभ मल्टी प्रपोजले कर कार्यालयमा कुनै कारोबार नभएको विवरण पेस गरेको भए पनि उनीहरुले अवैध हुण्डी कारोबार गर्ने गरेको देखिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।