• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विप्लव नेकपाका ४३ जिल्ला इन्चार्जसहित नेतृत्व तहका १४८ जना पक्राउ

११० जना जेल चलान, २४ थान अत्याधुनिक हतियार बरामद
64x64
नेपाल लाइभ बुधबार, साउन १५, २०७६  १५:२०
1140x725

काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिट पार्टी (नेकपा) ले आज आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मंगलबार साँझ उक्त पार्टीका काठमाडौं जिल्ला इन्चार्ज धीरेन्द्रा उपाध्याय भृकुटी पक्राउ परिन्।

उनलाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको थियो। उनी पहिलो संविधानसभामा एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को तर्फबाट समानुपातिक सभासदसमेत थिइन्। उनी अहिले प्रहरी हिरासतमा छिन्। 

सरकारले विप्लव नेकपासँग वार्ताको तयारी भइरहेको बताए पनि विप्लव समूहका नेता-कार्यकर्ता पक्राउ गर्ने क्रम भने रोकिएको छैन। केही दिनअघि मात्रै उक्त समूहका शक्तिशाली नेता माइला लामा पक्राउ परेका थिए। उनी उपत्यका ब्युरो इन्चार्जसमेत हुन्। प्रहरीले पछिल्लो समय नेकपाका माथिल्लोस्तरका नेताहरु पक्राउ गर्न थालेको छ।

                                                                                                                                                                                                  माइला लामा

प्रहरीका अनुसार अहिलेसम्म ४३ जिल्ला इन्चार्जसहित १ सय ४८ जना नेतृत्व तहका नेताहरु पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयको असार मसान्तसम्मको तथ्यांक अनुसार हालसम्म विप्लव समूहका १ हजार ५ सय १४ जना पक्राउ परिसकेका छन्। तीमध्ये १ सय ४८ जना नेतृत्व तहका रहेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए। जसले गर्दा नेतृत्व तहमै नेकपा कमजोर बन्दै गएको प्रहरीले विश्लेषण गरेको छ। 

पक्राउ परेका १ हजार ५ सय १४ मध्ये सरकारले गत फागुन २८ गते विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि ६ सय ९४ जना पक्राउ परेका थिए। त्यसमध्ये केही छुटिसकेका छन्। ४३ जिल्लाका जिल्ला इन्चार्ज पनि पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिबन्धपछि पक्राउ परेका मध्ये नेतृत्व तहका १४८ जना छन् भने कार्यकर्ताहरु ५४६ जना छन्। पक्राउ परेका मध्ये नेतृत्व तह २१ प्रतिशत हो।

जसमध्ये स्थायी समिति सदस्य १ जना, विभागीय प्रमुख १, पोलिटब्युरो सदस्य २, केन्द्रीय सदस्य ७, ब्युरो प्रमुख ५, भ्रातृ संगठन प्रमुख ६, ब्युरो सदस्य १७, जिल्ला इन्चार्ज ४३, भ्रातृ संगठनका जिल्ला इन्चार्ज ६६ जना पक्राउ परेका छन्।

विप्लव नेकपाका नेता-कार्यकर्तामाथि अहिलेसम्म १ हजार ३ सय १३ वटा मुद्दा दर्ता भएका छन्। प्रतिबन्धपछि मात्रै ६ सय ४८ वटा मुद्दा दायर भएको प्रहरीले जनाएको छ। जसमा संगठित अपराध, बम विस्फोट, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग, हत्या, अभद्र व्यवहार, आगजनी अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

पक्राउ परेका मध्ये ५ सय १३ जना भने छुटिसकेका छन्। १ सय १० जना कारागार चलान भएका छन्। ६९ जनामाथि अनुसन्धान भइरहेको छ। २ जनालाई बाल सुधार गृह पठाइएको प्रहरीले जनाएको छ।

२५ ठाउँमा बम बिस्फोट, १२४ ठाउँको डिस्पोज
विप्लव नेकपाबाट अहिलेसम्म २५ ठाउँमा बम विस्फोट भइसकेको प्रहरीले जनाएको छ। १ सय २४ ठाउँमा राखिएको बम भने नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले निष्क्रिय पारेका छन्।

आफैले राखेको बम र प्रहरीसँगको मुठभेडमा परेर विप्लव नेकपाका ६ जनाको मृत्यु भएको भइसकेको छ। त्यसैगरी १ प्रहरी र १ सर्वसाधारणले पनि ज्यान गुमाएका छन्। 

फागुनमा मात्रै विप्लव नेकपाले ३ ठाउँमा बम विस्फोट गराएको थियो। २९ ठाउँमा राखिएको बम भने डिस्पोज गरिएको थियो। 

चैतमा १ ठाउँ विस्फोट भयो २ ठाउँमा डिस्पोज गरियो। बैसाखमा ५ ठाउँमा बम विस्फोट भएका थिए। ३३ ठाउँमा राखिएका बम सुरक्षा निकायले डिस्पोज गरे। जेठमा ११ ठाउँमा विस्फोट भयो भने १९ ठाउँ डिस्पोज गरियो। असारमा ५ ठाउँमा विस्फोट भयो,  ४१ ठाउँको बम डिस्पोज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

विप्लव नेकपाले आज बुधबार साबिकका बाग्मती, जनकपुर र नारायणी अञ्चल अन्तर्गतका जिल्लाहरु बन्द गरेको छ। आजै मात्रै नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा पेट्रोल बम प्रहार भएको छ। बम प्रहारबाट कागजात र फर्निचरका सामानहरु जलेर नष्ट भएका छन्। 

त्यस्तै मकवानपुरका विभिन्न ४ ठाउँमा राखेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। 

२४ थान अत्याधुनिक हतियार बरामद
कपिलवस्तुको चन्द्रौटा बजारदेखि करिब ५ किलोमिटर पश्चिम–दक्षिणको इलाका शिवगढी गाउँमा सर्च अपरेसन गर्दा गत फागुन २३ गते प्रहरीमाथि नै स्थानीय बासिन्दा जाइलागे। सो क्रममा दुई जना प्रहरी सामान्य घाइते भए। विप्लवको घरसहित गाउँ नै खानतलासी गर्ने क्रममा प्रहरीले ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थसमेत बराद गर्न सफल भयो। 

                                                                                                                                                                                                  नेपाल प्रहरी

प्रहरीले एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउन्ड, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ किलो) बरामद गरेको थियो। 

यसभन्दा अघि फागुन १५ गते प्रदेश–१ प्रहरीले धरानबाट एलएमजी (लाइट मेसिन गन) र एम–१६ एकएक थानसहित विप्लव समूहका संगीत भनिने देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो।

यसरी प्रहरी विप्लव नेकपाका कार्यकर्ता अहिलेसम्म विभिन्न किसिमका अत्याधुनिक २४ थान हतियार बरामद गरेको जनाएको छ। 

जसमध्ये ७.६२ एमएमको एलएमजी १ थान, एम १६ ए-२ १ थान, ७.६२ एमएम एसएलआर १ थान, .३०३ राइफल ३ थान, ९ एमएम एसएमजी २ थान, सेमी अटोमेटिक पेस्तोल १० थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ३ थान र भरुवा बन्दुक २ थान गरी २४ थान बरामद गरेको हो।


त्यसैगरी ठूलो मात्रामा विस्फोट पदार्थ पनि प्रहरीले बरामद गरेको छ। 

५ सय ६ थान हतियार बुझाइयो
प्रतिबन्ध लगाएपछि विप्लव समूह लगायत अन्यलाई हतियार बुझाउन भन्दै सरकारले सूचना नै निकालेको थियो। तर विप्लव नेकपाले त्यसबेलै हतियार नबुझाउने बताउँदै आएको थियो।

विप्लव नेकपाले हतियार नबुझाए पनि उक्त सूचनापश्चात् अहिलेसम्म ५ सय ६ थान हतियार प्रशासनमा बुझाइएको गृह मन्त्रालयको तथ्यांक छ। जसमा १ नम्बर प्रदेशमा ३६ थान, प्रदेश २ मा १९ थान, प्रदेश ३ मा ८८ थान, गण्डकी प्रदेशमा ४२ थान, प्रदेश ५ मा सबैभन्दा बढी १३३ थान, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा १३१ थान हतियार बुझाइएको छ।

गत आर्थिक वर्षमै अन्य समूह तथा व्यक्तिबाट गरी प्रहरीले २ सय ८७ थान हतियार बरामद गरेको छ। हतियारसहित ३ सय २६ जना पक्राउ परेका छन्। आर्थिक वर्ष २०७४/७५ को भन्दा यस आर्थिक वर्षमा प्रहरीले ३ थान हतियार बढी बरामद गरेको हो। 

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा ४ सय ५२ थान गोली बरामद भएको थियो भने गत आर्थिक वर्षमा ९ सय २६ थान गोली बरामद भएको छ। गत आर्थिक वर्षमा बरामद हतियारमध्ये सबैभन्दा बढी भरुवा बन्दुक १ सय ५४ थान छन्। त्यसैगरी ५७ थान पेस्तोल, ५१ थान कटुवा पेस्तोल, २२ थान राइफल र ३ थान रिभल्वर छन्।

कमजोर बन्दै गएको प्रहरीको विश्लेषण
धमाधम नेता-कार्यकर्ता हतियारसहित पक्राउ परेका विप्लव नेकपा कमजोर बन्दै गएको सुरक्षा निकायले विश्लेषण गरेका छन्। धमाधम नेता कार्यकर्ता पक्राउ पर्नु र केहीले उक्त समूह त्याग्नुले प्रहरीको उक्त भनाइलाई पुष्टि गर्दै गएको देखिन्छ।

अझ कतिपय कार्यकर्ताहरुको त आफैंले बोकेको बम पड्किएर ज्यान गएकाले पनि विप्लवलाई कमजोर बनाउँदै गएको छ। विप्लव नेकपाले विज्ञप्ति नै निकालेर ठूलो क्षति भोग्नुपरेको जनाइसकेको छ।

नेपाल प्रहरीको विशेष ब्युरोले त विप्लव समूहबाट सोचेजस्तो सुरक्षा खतरा नभएको जनाएको छ। ‘हामीले विप्लव नेकपाबाट जुन खालको सुरक्षा थ्रेट सम्झेका थियौं। त्यो खालको देखिएन,’ विशेष ब्युरो स्रोतले केही दिनअघि मात्रै नेपाल लाइभसँग कुरा गर्दै भनेको थियो, 'अब उनीहरु आफैं सेफल्यान्डिङ खोज्ने बेला आउँदैछ।’

अहिले नै सुरक्षा निकायमाथि आक्रमण गर्ने हैसियत विप्लव नेकपासँग नरहेको विशेष ब्युरोको ठम्याइ छ। 

प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी
समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी सोमबार, वैशाख २८, २०८३
समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
प्रधानमन्त्री शाहले अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै, यस्तो छ सम्भावित कार्यसूची सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्