काठमाडौं- आयातकर्ताले आफूले आयात गर्ने १२ किसिमका वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्सार बिन्दुमै घोषणा गर्नुपर्ने भएको छ।
भन्सार विभागका अनुसार ती वस्तु आयात गर्नेले भन्सार बिन्दुमा एमआरपी घोषणा नगरे सामान आयात गर्न नपाउने भएका छन्।
विभागले प्रकाशन गरेको सूचनाअनुसार सबै प्रकारका टेलिभिजन सेट, घरायसी प्रयोजनमा प्रयोग हुने एयर कन्डिसन, घरायसी प्रयोजनमा प्रयोग हुने रेफ्रिजेरेटर र वासिङ मेसिनको अधिकतम खुद्रा मूल्य भन्सार विन्दूमा नै घोषणा गर्नुपर्नेछ।
यसैगरी माइक्रोवेभ ओभन, मार्बल, ग्रेनाइट र टाएल्स तथा कुकिङ रेन्जको पनि एमआरपी घोषणा गर्नुपर्ने विभागको सूचनामा उल्लेख गरिएएको छ। सरकारले आयातमा प्रतिबन्ध लगाएको इनर्जी ड्रिंक्सको मूल्य पनि भन्सारमै घोषणा गर्नुपर्ने विभागले जनाएको छ।

सूचनाअनुसार भान्सामा प्रयोग हुने चिम्नी, डिजिटल क्यामेरा र भिडियो क्यामेराको एमआरपी भन्सारमै सार्वजनिक गर्नुपर्नेछ।
यसैगरी सवारी साधनको अधिकतम खुद्रा मूल्य पनि भन्सारमै सार्वजनिक गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।