काठमाडौ- एनएमबी बैंकले पूँजी बजारका लागि संचालन गरेका दुई वटा योजनाले १० प्रतिशतमाथि लाभांश दिने भएको छ।
पूँजी बजारमा खासै उत्साह नदेखिएका बेला एनएमबी बैंकले आफ्नो म्युचुअल फन्ड अन्तरगत संचालित ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड-१’ र ‘एनएमबी हाईब्रिड फन्ड एल–१’ को मुनाफाबाट ईकाई धनीलाई १० प्रतिशतमाथि लाभांश वितरण गर्ने घोषणा गरेको हो।
आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड-१’ का ईकाई धनीहरुलाई १५ प्रतिशत र ‘एनएमबी हाईब्रिड फन्ड एल-१’ का ईकाई धनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो घोषणा आगामी कार्तिक ३ गते लागू गरिने पनि जानकारी गराइएको छ।
७५ करोड रहेको ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड-१’ ५ वर्षे योजना हो। त्यसैगरी ‘एनएमबी हाईब्रीड फन्ड एल–१’ ले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
एनएमबी क्यापिटलले प्रवद्र्धन गरेको यी दुई सामूहिक योजना सात वर्षे योजना हो। दुवै योजनाको पूँजीको आकार १ अर्ब रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।