• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

हिउँदमा पानीको संकट टार्न सरकारले बहुउद्देश्यीय जलाशययुक्त आयोजना अघि बढाउने

64x64
नेपाल लाइभ आइतबार, साउन १२, २०७६  ०७:५४
1140x725

काठमाडौं- सरकारले वर्षातको पानीजन्य प्रकोपलाई न्यूनीकरण गर्न र हिउँदमा हुने पानीको संकट टार्नका लागि बहुउद्देश्यीय प्रकृतिका जलाशययुक्त आयोजनाहरुलाई अगाडि बढाउने भएको छ।

शनिबारदेखि राजधानीमा आरम्भ भएको 'जीविकोपार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि वर्षाको पानीको संकलन' विषयक दुई दिने सम्मेलनको समुद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले  वर्षाको पानीबाट हुने प्रकोपलाई कम गर्न र हिउँदको आवश्यकता पूरा गर्नका लागि सरकारले बहुउद्देश्यीय जलाशययुक्त आयोजनाहरुको निर्माणलाई प्राथमिकता दिएको बताएका हुन्।

नेपाल वर्षाको पानीको उपलब्धताको हिसाबले धनी रहेको उल्लेख गर्दै उनले भने, 'तर नेपालमा प्रकृतिले दिएको अमूल्य पानीको ८० प्रतिशत भाग ९० दिनमा परेर बगेर जान्छ। बाँकी ९ महिना हामी पानीको अभावमा गुज्रन बाध्य छौं।'

मन्त्री पुनले कालीगण्डकी, उत्तरगंगा, आँधी खोलाजस्ता जलाशययुक्त आयोजनाहरुको विकासले वर्षाको पानी संकलन भई  बाढी र डुबानको समस्या कम हुने, जलविद्युत उत्पादन गर्न सकिने, नदीमा हिउँदमा पनि पानीको प्रवाह हुन गई जलयातायात सञ्चालन गर्न सहज हुने र आवश्यक स्थानमा हिँउदमा पनि सिँचाइको सुविधा पुर्‍याउन सकिने जस्ता बहुपक्षीय लाभ हुने विश्वास व्यक्त गरे।

मन्त्री पुनले राजधानीमा देखिएको भूमिगत पानीको सतह घट्ने समस्यालाई निराकरण गर्न बागमतीको जलाधार क्षेत्रमा धाप र नागमतीमा बाँध बाधेर जलाशय निर्माण गरी बागमतीमा निरन्तर पानीको प्रवाह कायम गर्न लागिएको र दाङ उपत्यकामा देखिएको पानीको समस्यालाई सम्बोधन गर्न नौमुरे बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत आयोजना विकास गर्ने योजना रहेको जानकारी दिए।

उनले सरकारले देशभरका नदीहरुको बेसिन अध्ययन गरिरहेको उल्लेख गर्दै भने, 'हामीले ६ हजार नदीनाला रहेको मान्दै आएका थियौं, तर नेपालमा नदी, खोला र नालाहरुको संख्या २३ हजार रहेछ। यी खोलानालाको जलाधार क्षेत्रमा पोखरी र चेक ड्याम बनाउन सकियो भने नेपालमा पानीको अभाव हुँदैन। पानीका स्रोतहरु पुनर्भरण हुनेछन्।'

कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले देशमा खानेपानीको माग र आपूर्तिमा ठूलो अन्तर देखिएको र हिउँदमा देखिने खानेपानीको संकट टार्नको लागि वर्षातको पानीको संकलन उपयुक्त उपाय भएको जिकिर गरे।

उनले उचित प्रविधिको विकास र अवलम्बनले वर्षातको पानीको उपयोग सहज  बनाउन सकिने सुझाए। नेपालका ग्रामीण भेगका छरिएका बस्तीको कारण सरकारी सेवा पुर्‍याउन समस्या रहेको बताउँदै उनले केही स्थानको बस्ती पायक पर्ने उपयुक्त स्थानमा सार्नुपर्ने तर्क गरे।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले धुलिखेल नगरपालिकालाई खानेपानीमा आत्मनिर्भर बनाउन प्रयासहरु सुरु भएको बताउँदै आकासे पानी संकलन गर्ने घरघनीलाई सम्पत्ति करमा १५ प्रतिशत छुट दिने नीति लिएको बताए।

अर्का वक्ता एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष विन्दुनाथ लोहनीले नेपालमा पानीको विषय राजनीतिक तहमा अझै एजेण्डा बन्न नसकेको आरोप लगाए। 'नेपालले एकीकृत पानी व्यवस्थापनका बारेमा सोच्नुपर्ने समय आएको छ,' उनले भने, 'संसारभर पानी, ऊर्जा र सामग्रीहरुको बारेमा धेरै काम र प्रयोग भएका छन्। हामीलाई सुहाउँदो प्रविधि अबलम्बन गर्ने तथा विकास गर्ने कार्यले यो समस्याको समाधान गर्न सकिन्छ।'

खानेपानीको व्यवस्थापन ठूलो चुनौतीको रुपमा रहेको देखेर एसियन वाटर काउन्सिलको स्थापना गरिएको र कोरियाको अग्रसरतामा खानेपानीको व्यवस्थापनका असल अभ्यासहरु नेपालमा पनि सुरु भएको उनले जानकारी दिए।

कार्यक्रममा इचोन नेसनल युनिभर्सिटी कोरियाका प्राध्यापक तथा के वाटरका पूर्व कार्यकारी प्रमुख ग्ये वोन चोले खानेपानीको आपूर्ति अत्यन्त महत्वपूर्ण विषय भएकोले कोरियामा स्वच्छ र शुद्ध खानेपानी सबैको पहुँचमा पुर्‍याउन प्रयोग भएको स्मार्ट प्रविधि नेपालमा पनि परीक्षणको रुपमा म्याग्दीको बेनी नगरपालिकामा सुरु गरिएको बताए। उनले काठमाडौं र सोल महानगरहरुको अवस्था तुलना गर्दै कोरियाको अनुभव काठमाडौंको लागि पनि उपयोगी हुने जिकिर गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सम्मेलनमा वर्षाको पानी संकलन प्रविधिको प्रदर्शनी कक्ष पनि राखिएको छ।

प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्