काठमाडौं- असार अन्तिम साता पूर्वी र मध्य तराईका जिल्लामा आएको बाढीका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार प्रदेश २ मा मात्र कृषितर्फ १ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ र पशुपन्छीतर्फ १ अर्ब ६२ करोड ३० लाख रुपैयाँ गरी कुल ३ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
प्रदेश २ मा कृषि तर्फ करिब ७७ हजार हेक्टर क्षेत्रफलमा लगाईएको चैते धान, वर्षेधान तथा धानको ब्याड, मकै र तरकारीमा बढी क्षतिभएको छ।
८९ हजार ३ सय भन्दा बढीको संख्यामा गाई, भैंसी, हाँस, कुखरालगायत पशुपन्छी र माछा मरेका छन। बाढीले बढी प्रभावित भएको महोत्तरी जिल्लामा पशुपन्छीतर्फ भएको क्षतिको विवरण भने अझै आईसकेको छैन।
कृषिबालीमा भएको क्षतिमा सबैभन्दा धेरै बारा जिल्लामा ५० करोड रुपैयाँ बराबर क्षति भएको छ।
त्यसैगरी, पर्सामा ४८ करोड ८८ लाख, रौतहटमा घ्५ करोड, सप्तरीमा ३० करोड,धनुषामा २० करोड, सर्लाहीमा ८ करोड र महोत्तरी तथा सिरहामा समान ५ करोड रुपैयाँ बराबरको कृषि बाली क्षति भएको मन्त्रालयको विवरणले देखाउँछ।
पशुपन्छीतर्फ भएको क्षतिमा सबैभन्दा धेरै रौतहटमा ३५ करोड, सिरहा र सप्तरीमा गरी ९७ करोड, धनुषामा १५ करोड, बारा र पर्सामा गरी १० करोड र सर्लाहीमा ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।
गत असार अन्तिम साता देशभर नै भएको भारी वर्षाका कारण पूर्वी र मध्यभागका अधिकांश जिल्लामा बाढीका कारण तराईका जिल्ला ढुबानमा परेका थिए।
बाढी पहिरोका कारण प्रदेश नंम्बर १ मा करिब ८१ करोड रुपैयाँ बराबरको पशुपन्छी तथा कृषि बाली क्षति पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।