काठमाडौं– तारागाउँ रिजेन्सी होटल हायातकी प्रमुख वित्त अधिकृत रानी बंगमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ।
३५ करोड सम्पत्ति हिनामिना गरेको आरोपमा प्रमुख वित्त अधिकृत बंगमाथि अनुसन्धान सुरु गरिएको हो।
यसअघि नै होटल हायातका पूर्वकर्मचारीहरुले बंगले ३५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाई अनुसन्धानको माग राख्दै विज्ञप्ति जारी गरेका थिए। सोपश्चात् होटलकी प्रमुख वित्त अधिकृत बंगमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान प्रकृया अगाडि बढाएको हो।
बंगमाथि निष्पक्ष अनुसन्धान गर्न पूर्वकर्मचारीहरुले जोडदार माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।