काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त भएका छन्।
साताभरको मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्राधिकरणका कार्यवाहक अध्यक्षलाई नै अध्यक्षमा नियुक्त गरेको सरकारको निर्णय सुनाएका हुन्।
दोश्रो पटक प्राधिकरणका अध्यक्ष बनेका दिगम्बर झाले गत माघमा राजीनामा दिएपछि सरकारले खनाललाई माघ २५ गते प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो।
त्यसैगरी सरकारले २ जना सचिवको पनि सरुवा गरेको छ।
सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलाई जल तथा उर्जा आयोगको सचिवालय सचिवमा र जल तथा उर्जा आयोगका सचिव मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।