काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले पहिलो १० ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ७२ रन बनाएको छ ।
कर्णालीका लागि आरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै २३ बलमा ४० रन बनाएका छन् । उनीसँगै पवन सर्राफ १३ बलमा १४ रन बनाएर क्रिजमा अविजित छन् ।
कर्णालीले सुरुवातमै मार्क वाटलाई एक रनमा गुमाएको थियो । उनलाई मोहिन अलीको बलमा राहुल यादवले क्याच आउट गराए ।
त्यसपछि दीपक डुम्रे राहुल यादवको बलमा बोल्ड भए । हुसैन तलत पनि राहुलकै बलमा अनिल साहबाट क्याच आउट भए ।
तीन विकेट गुमाए पनि आरिफुल र पवनले इनिङ्स सम्हाल्दै कर्णालीको रन गति बढाइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।