तस्बिर: कमल खड्का/फेसबुक
काठमाडौं- लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाएका ११ जना कामदार मध्ये ७ जना अझै बेपत्ता छन्।
बुधबार दिउँसो करिब ३ बजेतिर दोर्दी खोलामा आएको बाढीले दोर्दी ए जलविद्युत आयोजनाका ४ जना शव भने फेला परेको छ। ती मध्ये २ जनाको सनाखत भएको लमजुङका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिएका छन्।
सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको उनले बताए।
निर्माणाधीन २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कामदार बगाएको हो।
अचानक खोला उर्लिएर बाढी आएपछि मजदुरको भागाभाग भएको थियो।
भाग्ने क्रममा नै उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।