• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

१५५ यात्रुलाई पानीमा अवतरण गराई सकुशल बचाउने 'हिरो पाइलट'को अनुभव

64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०७४  ०८:११
1140x725

एजेन्सी- यो हरेक यात्रुका लागि मृत्युलाई स्पर्श गरेको सपना जस्तो थियो। जतिबेला ककपिटबाट पाइलटको आवाज जहाजभरि गुन्जियो, ‘इन्जिन पावरमा आएको खराबीका कारण युएस एयरवेजको एयरबस ३२०ए विमान तल झर्दैछ। कृपया यसका लागि आफूलाई तयार बनाउनुहोस्।’ 

यो घटना आजभन्दा ९ वर्षअघि ठिक यही साता नै भएको थियो। जब अमेरिकाको न्युयोर्कस्थित लाग्वार्डिया विमानस्थलबाट उडेको युएस एयरवेजको फ्लाइट १५४९ को विमान सबै इन्जिन फेल भएपछि जमिनतिर खस्दै थियो। ककपिटमा थिए पाइलट चेस्ली ‘सुली’ सुलेनबर्गर जसले आफैलाई पनि विश्वास नहुने गरी एयरबस ३२०ए विमानलाई मिडटाउन म्यानहटनस्थित हड्सन नदीमा सुरक्षित अवतरण गराए। 

नदीमा पौडिरहेका क्यानडा गीज (लामो चुच्चो हुने बकुल्लाजस्तै चरा) सँग ठक्कर खाँदै विमान अवतरण भएको त्यो घटना हड्सनमा भएको चमत्कारका रुपमा विश्व प्रसिद्ध बन्यो।

विमानमा सवार सबै १ सय ५५ यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको सो घटनालाई सन् २०१६ मा पर्दामा समेत उतारियो। क्लाइन्ट इस्टवुडले बनाएको सो फिल्मलाई

‘सुली : मिराकल अन दि हर्डसन’ नाम दिइएको थियो। फिल्ममा ‘एयरबस ३२०ए’का बहादुर पाइलट सुलीको स्थान लिएका थिए कलाकार टम हंक्सले।

सुलीको बहादुरीपूर्ण कार्यले सबैको तारिफ त पायो तर योसँगसँगै एउटा गम्भीर प्रश्न भने सबैसामु खडा गरिदियो– के साँच्चै पानीमा विमान अवतरण गर्दा जीवन सुरक्षित हुन्छ?

सुलीले कुराकानीका क्रममा त्यसभन्दा अघि नदी तथा समुद्रमा विमान अवतरण गर्न सकिने बारेमा न्युनतम ज्ञान मात्र लिएको खुलासा गरे। उनले भने, ‘अध्ययनका क्रममा निर्देशन पुस्तिकामा पढेका केही हरफ र कक्षाकोठामा भएको छोटो छलफल नै पानीमा अवतरण गर्न सकिने विषयमा आफूले प्राप्त गरेको ज्ञानको स्रोत थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले तोकेको सुरक्षाका ३५ मापदण्डमध्ये फेड्रल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले फ्लाइट १५४९ विमानमा मात्र ६ वटालाई पालना गरिएको पाइयो। आफूलाई सिकाइएको र स्वध्ययनबाट प्राप्त सबै सुरक्षाका उपाय चालकहरुले पूरा गर्ने गरेको भन्दै उनले त्यो समयदेखि आजसम्मको विकासलाई हेर्दा निकै कम मात्र परिवर्तन भएको बताए। विमानमा सवार रहँदा आउने अप्ठेरो स्थितिमा यात्रुहरु सुरक्षित रहन सक्छन्? भन्ने प्रश्न गर्दा ढुक्क भएर जवाफ दिन सकिने अवस्था नरहेको उनी बताउँछन्।

‘म यो मानेमा निकै खुसी छु किनकि कुनै विशिष्ट तालिमका बाबजुद खतरा तथा तनावपूर्ण अवस्थामा पनि हामी (पाइलट) हरु कैयौँ यात्रुको जीवन बचाउन सफल भएका छौँ,’ उनले भने।

सिभिल एभिएसन अथोरिटीका अनुसार पानीमा विमान अवतरण गर्दा चालकले निम्न उपायहरु अपनाउन सक्नेछन्–
१) विमानले उडान भर्नुअघि सुरक्षाका लागि प्रयोग गर्न सकिने साधन र त्यसको प्रयोग गर्ने विधिको बारेमा जानकारी दिने। 
२) मेडे (आपतकालीन अवस्थाको बारेमा कन्ट्रोल रुममा पठाइने सूचना) तत्कालै पठाउने।
३) यात्रुहरुले सिट बेल्ट बाँधी आफ्नो शिरलाई पेटतिर झुकाएर दुवै हात शिरमाथि कसेर राख्ने। 
४) सम्भव भएसम्म निहुरिएर बस्ने तर नसुत्ने।
५) लाइफ ज्याकेटमा हावा भरी विमानको क्याबिनमा राख्ने।
६) जतिसक्दो चाँडो सबै यात्रुलाई लाइफ र्‍याफ्टमा सुरक्षित बेरेर राख्ने। 
७) मोबाइल, हाते रेडियो तथा पर्सनल लोकेटर बिकोन जस्ता सामग्री खोल्न लगाउने। 
८) पानीमा लाइफ र्‍याफ्टभित्र नरहने अवस्था आएमा शरीरको तापक्रमलाई सन्तुलित राख्न अर्थात हाइपोथिर्मिया हुनबाट बच्न सबै एक ठाउँमा भेला हुने कोसिस गर्ने। 
९) विमानको अवस्थाबारे जानकारी दिने अन्य उपकरणहरु (जस्तैः पाइरोटेक्निक्स हेलिग्राफ) सुचारु गर्ने।
१०) कन्ट्रोल रुममा खतरा र विमान उडिरहेको सम्भावित स्थानको बारेमा समयमै जानकारी दिने तथा उद्धारकर्ताहरुलाई तयारी अवस्थामा रहन लगाउने।


 
एनटीएसबीले उक्त आकस्मिक विमान अवतरणको घटनालाई इतिहासकै सफल अवतरणको रुपमा घोषणा गर्यो। यस्ता दुर्लभ घटनाबाहेक अन्य घटनाको अवस्थालाई हेर्दा सन्तोष गर्न सक्ने अवस्था भने छैन। तर पनि केही व्यावसायिक उडान कम्पनीहरुले भने सम्भव भएसम्म आकस्मिक अवस्थामा पानी मै अवतरण गर्न दबाब दिने गरेको बताइन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पानीमा भएका अन्य आकस्मिक अवतरण प्रयास
सन् १९७० मा न्युयोर्कबाट आइसल्यान्डको लागि उडेको एएलएम विमानको उडानका क्रममा इन्धन सकिएपछि खराब मौसमका कारण ३ पटकसम्मको अवतरण प्रयास विफल भयो। त्यसपछि कन्ट्रोल रुमबाट क्यारेबियन समुद्रमा अवतरण गर्न निर्देशन जारी भयो। आकस्मिक अवतरणका क्रममा यात्रुहरुलाई आफ्नो सिट बेल्ट बाँध्न जानकारी नदिएकै कारण विमानमा सवार ५७ यात्रुमध्ये २० जनाको मृत्यु भयो। 

सन् १९९६ मा अपहरणमा परेको इथियोपियन एयरलाइन्सको विमानलाई पनि इन्धन सकिएको कारण आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आयो। कोमोरस आइल्यान्ड नजिकै समुद्रमा चालकले अवतरण प्रयास गरे पनि अपहरणकारीसँगको नोकझोकका कारण समुद्रमा नपुग्दै विमान घुमेर किनारमा नै बज्रन पुग्यो। ३ वटा टुक्रामा विभाजित विमानमा सवार १ सय ७५ यात्रुमध्ये १ सय २५ जनाले मृत्युवरण गर्नुपर्‍यो।  

पानीमा अवतरण गर्नका लागि विमान निर्माण कम्पनीले कस्ता योजनाहरु बनाएका छन् त? भन्ने सम्बन्धमा रोयल एरोनोटिकल सोसाइटीका सदस्य अनररी कम्पनी अफ एयर पाइलटका निर्देशक तथा उडानविज्ञ जोन टर्नरसँग गरिएको सवाल-जवाफ : 

के पानीमा अवतरण गर्न सकिने विमानहरु निर्माण भएका छन्?
अवश्य पनि छन्। विशेषगरी पानीमा अवतरण गर्न सकिने खालका केही विमान निर्माण भएका छन्। भ्यागुताको जस्तो आकारमा तयार भएका अल्वाट्रस तथा चीनले बनाएको एजी ६०० जिएन्ट एम्फबियनजस्ता विमान यसका उदाहरणहरु हुन्। अग्ला पखेटा हुने यस्ता विमानहरुको इन्जिन पानीमा पनि सहजैसँग चल्न सक्नेगरी निर्माण गरिएको हुन्छ। 

अन्य विमान कम्पनीहरुको स्थिति कस्तो छ नि?
पछिल्लो समय बनाइएका आधुनिक विमानहरुलाई पानीमा पनि अवतरण गर्न सकिने तरिकाले निर्माण गरिएको छैन तर आकस्मिक अवतरणलाई सुरक्षित बनाउन अधिकतम उपायहरुलाई भने अवलम्बन गर्न सकिने बनाइएको पाइन्छ। यसले जीवन सुरक्षित रहन सक्ने सम्भावनालाई धेरै हदसम्म बढाइदिएको छ।  

के एयरलाइन्सहरुले पानीमा विमानको अवतरणका लागि परीक्षण गर्नुपर्छ?
कम्पनीहरुले विमानको प्रमाणीकरण प्रमाणपत्र दिँदा यो पनि परीक्षण गर्नुपर्छ भनेर आवश्यक ठान्दैनन् तर पनि उनीहरुले सैद्धान्तिक मूल्यांकन भने गरेका हुन्छन्। यस्तो अवस्था अपवादका रुपमा मात्रै आउने भएकाले पनि कम्पनीहरुले त्यो नचाहेका हुन सक्छन्। त्यसको सट्टामा चालकका लागि उपलब्ध गराइने निर्देशिका पुस्तिकामा आपतकालीन अवस्थामा प्रयोगमा ल्याउनुपर्ने विधि, प्रक्रिया तथा सामग्रीको राम्रोसँग उल्लेख गरिएको हुन्छ। जसले गर्दा अवतरण सुरक्षित गराउन सहयोग मिल्छ। 

पानीमा अवतरण गर्दा विमान चालकका लागि सुरक्षित बाटो के हुन सक्छ?
धेरै उपायहरुमध्ये विमानलाई समुद्री छाल तथा तरंगहरुसँग वारपार हुनेगरी भन्दा समानन्तर तरिकाबाट अवतरण गर्दा बढी सुरक्षित हुने मानिएको छ। पानीको बहाव शान्त रहेको अवस्थामा अवतरण गर्दा बढी सुरक्षित तथा चालकका लागि पनि सहज हुने गर्दछ। साथै रातको समयमा भन्दा दिनको उज्यालोमा गरिने अवतरण हितकर मानिन्छ। 

पानीमा अकस्मात् अवतरण गर्नुपर्ने स्थिति आएमा यात्रुहरुले केके कुरामा ध्यान दिनुपर्छ?
विमानको निर्माण पानीमा तैरन सक्ने आकारमा तयार गरिएको हुन्छ। यदि विमान पानीमा अवतरण भयो भने पनि यात्रुका लागि विमानबाट निस्कन अधिकतम समय रहने गर्दछ। त्यसकारण हतार नगर्नु नै बेस हुन्छ। यदि हरेक यात्रुलाई लाइफ ज्याकेट उपलब्ध गराइएको छ भने अवतरणका क्रममा यात्रु बेहोस भए पनि सजिलै ऊ पानीमा तैरन सक्छ र जीवन सुरक्षित हुन्छ। 

व्यक्तिगत रुपमा कुनै पनि यात्रु जीवीत रहने सम्भावना अवतरणका क्रममा उसले अपनाएको आसनमा भर पर्छ। यात्रुहरुले सिट बेल्ट बाँधी आफ्नो शिरलाई पेटतिर झुकाएर दुवै हात शिरमाथि कसेर राख्ने आसन नै सो समयका लागि अति श्रेयस्कर मानिन्छ। यस्तो आसन गर्न अभ्यस्त हुने यात्रुले सही समयमा सिट बेल्ट खोलेर विमानबाहिर निस्कन सके जोखिम कम हुने गर्छ। 

पछिल्लो वर्षलाई हेर्दा हवाई सेवा धेरै सुरक्षित बन्दै गएको भान हुन्छ। यति हुँदाहुँदै पनि विमानमा सवार गर्ने यात्रुहरुले केही समय लिएर आकस्मिक रुपमा निम्तिन सक्ने खतरा तथा बच्ने उपायहरुको बारेमा अध्ययन गर्ने गरेमा समयको सही सदुपयोग तथा खतराको समयबाट पार पाउन सहज हुने देखिन्छ। अर्को कुरा पानीमा विमान अवतरण गर्दा सुरक्षित रहन सकिन्छ तर तपाईंको सुरक्षामा आफूले आफूलाई कतिको सहयोग गर्न सक्नुहुन्छ भन्नेमा निर्भर रहन्छ। 

(दि टेलिग्राफका लागि सोसल मिडिया कन्टेन्ट इडिटर ग्रेग डिकिन्सनले तयार पारेको आलेख। अनुवाद : विमर्श कँडेल)

प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्