काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशमा तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसँग माग गरेका छन्।
मुख्यमन्त्री शाहीले संघीय सरकारले तत्काल ५ सय कर्मचारीको व्यवस्था नगरे प्रदेश सरकारले कामै गर्न नसक्ने पनि स्पष्ट पारे।
विकास, निर्माणका कामलाई अघि बढाउन ५ सय कर्मचारीको तत्काल आवश्यक रहेको उनको भनाई छ।
मंगलबार काठमाडौंमा रिपोटर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, 'कर्णाली प्रदेशमा कर्मचारी जानै नचाहेकाले त्यहाँ पठाउने कर्मचारीलाई थप तलव, भत्ताको व्यवस्था गर्न संघीय सरकारलाई आग्रह गर्छु।'
कर्णाली प्रदेशमा हाल ३५ सय कर्मचारी अभाव रहेको मुख्यमन्त्री शाही भनाइ छ।
मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बजेटको पनि अभाव भएको स्पष्ट पारे।
भौगोलिक विकटताका कारण विकास, निर्माणका लागि कर्णाली प्रदेशलाई अन्य प्रदेशको भन्दा बढी बजेटको आवश्यकता हुने पनि स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।