• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बाढीले लिकमा क्षति पुर्‍याएपछि 'जनकपुर–जयनगर-कुर्था रेल सेवा' अनिश्चित

64x64
नेपाल लाइभ मंगलबार, साउन ७, २०७६  १४:४०
1140x725

जनकपुर- नेपालको एक मात्र रेल्वे सेवा ‘जनकपुर–जयनगर-कुर्था रेल’ सञ्चालन पुन: अनिश्चित बनेको छ। 

केही दिनको अविरल वर्षासँगैको बाढीले रेलमार्गमा क्षति पुर्‍याएपछि सञ्चालन मिति टरेको हो। निर्माण सम्पन्न भएर रेल सेवा सञ्चालन नहुँदै बाढीले लिकमुनिको जमिन बगाउँदा करोडौंको क्षति भएको छ।

गत वर्ष चार पटक बेग्लाबेग्लै मितिमा रेल शुभारम्भ हुने घोषणा भएको थियो। जयनगर–इनरुवा खण्डमा लिक निर्माणपछि रेल चलाएर परीक्षण समेत गरिएको थियो। दसैंदेखि सञ्चालन हुने घोषणा भए पनि सो मिति टर्‍यो। पछि विवाह पञ्चमी, फागुन हुँदै नयाँ वर्षको मिति तोकियो। तर पनि रेल सञ्चालनमा आउन सकेन।

भारतको जयनगरबाट कुर्थासम्मको ३४ किमि रेलमार्ग मध्ये साढे ३१ किमि नेपालमा पर्छ। महानिर्देशक मिश्रका अनुसार यनगरदेखि इनरुवा खजुरी खण्डको २ सय मिटर रेलमार्गमा क्षति पुगेको छ।
'अहिले पनि वर्षा भई नै रहेको छ,' रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, 'पानी नसुकेसम्म मर्मत सम्भारको काम पनि सम्भव छैन। अब भदौबाट मात्रै काम हुन्छ।’ बर्दिबासतर्फ कुर्थादेखि बिजलपुरा खण्डमा लिक निर्माणका लागि बनाइएको ट्रयाकमा बिछ्याइएको माटो, गिट्टी, बालुवासमेत बाढीले बगाएको उनले बताए। यो खण्डको रेल गुड्ने करिब ४ किमि क्षेत्रमा क्षति पुगेको छ।

महानिर्देशक मिश्रले निर्माणमा संलग्न भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै भने, ‘जयनगर–इनरुवा खण्डमा करिब १० करोडको क्षति भएको छ।' बाढीले कुर्था स्टेसनको १० मिटर जति पर्खाल भत्काएको छ। 

‘पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका- १ इनर्वामा कमला नदीको तटबन्ध फुटेर आएको भेलले सय मिटरजति रेल्वे ट्रयाक क्षतिग्रस्त पारेको छ। जनकपुर-भंगहा-पिपराढी स्टेसनको लोहारपट्टी हल्टमा ४ किलोमिटर तयार भइसकेको ट्रयाकमा पनि बाढीले क्षति पुर्‍यायो,' उनले भने, 'रातो खोलामा आएको बाढीले ट्रयाक एक मिटरभन्दा बढी डुबेको छ।’ 

रेल स्टेसनका भवन र निर्माणमा प्रयोग हुने जेनेरेटर समेत डुबानमा परेकाले थप समस्या भएको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

जयनगर स्टेसनदेखि धनुषाको कुर्था स्टेसनसम्म ३४ किलोमिटर रेल्वे ट्रयाकमा कतै धेरै र कतै सामान्य क्षति पुर्‍याएको रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए।

इन्जिनियर ओझाले रेल सेवा सञ्चालनपूर्व जोखिम आकलन र तिनको व्यवस्थापन अत्यावश्यक रहेको बताए। ‘तराई–मधेसमा बर्सेनि बाढी आउनु नौलो होइन’, उनले भने, ‘बाढीका बेला रेल्वे ट्रयाक जोगाउन कस्ता संरचना बनाउनुपर्ने हो त्यसमा ध्यान पुर्‍याउनु आवश्यक छ।’ भारतले पनि क्षतिको विवरण संकलन गरिरहेको र विवरण आएपछि मूल्यांकन गरेर मर्मत गरिने उनले बताए।

भारतले ७ अर्ब भारतीय रुपैयाँमा रेल्वे ट्रयाक निर्माण अघि बढाएको हो। पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि पूर्वाधार निर्माण भइरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रेल्वे स्टेसन, पुलपुलेसा, कल्भर्ट, लिक निर्माणका साथै ब्लास्ट बिछ्याउने काम पूरा भइसकेको छ। निर्माण कम्पनीले अहिलेसम्म हस्तान्तरण नगरे पनि रेलका इन्जिन र बोगी खरिद प्रक्रिया भने सरकारले अगाडि बढाइसकेको छ। कर्मचारी आवासगृह निर्माणाधीन छन्।

भारतको लगानीमा सञ्चालित यो परियोजना ३ चरणमा पूरा हुने भनिए पनि महोत्तरीको भंगहादेखि बर्दिवाससम्मको १७ किलोमिटर रेल विस्तार तथा स्तरोन्नतिका लागि आवश्यक १ सय १० बिघाभन्दा बढी जग्गा अझै अधिग्रहण भएको छैन।

ब्रोडगेज रेल निर्माण गर्न ६ वर्षयता रेल सेवा बन्द भएपछि धनुषा, महोत्तरी लगायत भारतीय सीमावर्ती क्षेत्रका बासिन्दा यातायातको समस्या भोग्दै आएका छन् र ब्रोड गेज रेल सपना पुनः एक पटक बाढीले बगाउँदा जनकपुरवासी चिन्तामा छन्।

अहिले भारत सरकारको सहयोगमा जयनगरबाट बर्दिबाससम्म ६९ किमि रेल नेटवर्क बन्ने क्रममा छ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्