काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले ठेकेदारहरुमाथि कारबाही नरोकिएको बताएका छन्। गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सम्झौताविपरीत काम गर्ने १८ सय ठेकेदारलाई कारबाही तयारी भइरहेको जानकारी गराए।
ती ठेकेदारको कारबाहीका लागि अख्तियारमा फाइल पुगिसकेको उनको भनाइ छ।
नेत्रविक्रम चन्द विप्लवसँगको वार्ताबारे पत्रकारले राखेको जिज्ञासामा उनले औपचारिक पत्र आदानप्रदान नभए पनि अनौपचारिक ढंगले संवाद चलिरहेको बताए। विप्लव समूहका गतिविधि चुनौतीका रुपमा रहेको उनले स्वीकार गरेका छन्।
निर्मला पन्त हत्याकाण्डबारे भने उनले अनुसन्धान जारी रहेको दोहोर्याए। 'यो नयाँ घटना होइन। यस्ता घटना भइराख्छन्,' उनले भने, 'छानबिन र अनुसन्धान जारी छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।