• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारी : मानव तस्करको चंगुलमा परी ठगिएका पीडितलाई राहत पाउनै सकस

प्रलोभनमा पारी ५० लाखसम्म ठगी
64x64
नेपाल लाइभ मंगलबार, साउन ७, २०७६  ०५:५५
1140x725

काठमाडौं– ‘ठगिएको पैसा मैले फिर्ता पाउँछु त?,’ मानव तस्करको पन्जामा परेर लाखौँ रकम गुमाएका म्याग्दीका गमबहादुर छन्त्यालको प्रश्न हो यो। नेपाल लाइभसँगको संवादमा छन्त्यालले आशंका मिश्रित लवजमा पटक-पटक यही प्रश्न दोहोर्‍याइरहे।

वैदेशिक रोजगारीको सिलसिलामा समृद्ध युरोप तथा अमेरिकी मुलुक पुगेर मनग्गे पैसा कमाउने हुटहुटी चलेसँगै क्यानडा हिँडेका छन्त्यालको सपना थाइल्यान्डमै चकनाचुर बनेको थियो।

उनलाई क्यानडा भन्दै थाइल्यान्ड पुर्‍याएर अलपत्र पार्ने व्यक्ति थिए 'विनय' बताउने भोजपुरका परशुराम गुरुङ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार ठगी गर्ने परशुराम गुरुङविरुद्ध ५ करोडभन्दा बढी विगो दाबीसहित २ सय जनाभन्दा बढीले उजुरी दिएका छन्।

थाइल्यान्डमा रहेर मानव तस्करी तथा ओसारपसारमा संलग्न गुरुङलाई प्रहरीले २०७३ सालमा नै इन्टरपोलमार्फत 'रेड कर्नर नोटिस' जारी गरी २०७५ चैतमा पक्राउ गरी नेपाल ल्याइसकेको छ। गुरुङ हाल प्रहरी हिरासतमै छन्। ब्युरोले गुरुङमाथि थप अनुसन्धान तथा कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ।

गुरुङविरुद्ध मानव ओसारपसार तथा वैदेशिक रोजगारमा ठगी सम्बन्धमा उजुरी परेको ब्युरोका प्रवक्ता दिपक रेग्मीले जानकारी दिए।

उनले भने, ‘अपराध अनुसन्धान महाशाखा, सिआइबी र वैदेशिक रोजगार विभागमा गरेर गुरुङविरुद्ध २ सयभन्दा बढी मानव ओसारपसार तथा ठगीका उजुरी परेका छन्, उजुरीका आधारमा अदालतको फैसला अनुसार निज गुरुङलाई कारबाही प्रकृया अगाडि बढाइन्छ।’

गुरुङविरुद्ध अदालतबाट फैसला हुन बाँकी रहेको र फैसलाअनुसार बाँकी प्रकृया अगाडि बढाइने हुँदा त्यसपछिको कारबाहीको लागि थप केही समय लाग्ने एसपी रेग्मीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

000

छन्त्याल एक प्रतिनिधि पात्र मात्रै हुन्। उनी जस्तै युरोप तथा अमेरिकी मुलुक पुगेर पैसा कमाउने मीठो सपना बोकेका थुप्रै युवाहरु मानव तस्करको पन्जामा परेका छन्।

मानव तस्करको पन्जामा परि उजुरी गरेका पीडितहरुले वर्षौंसम्म पनि न्याय पाउन नसकेका थुप्रै घटनाहरु छन्।

यही घटनालाई हेर्न हो भने पनि आफू ठगिएको भन्दै उजुररी गरेका युवाहरुले ४ वर्षपछि मात्रै प्रहरीले गुरुङलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको हो। अदालती प्रकृया अघि बढेकोले पक्राउ परेका गुरुङबाट पनि सबै पीडितहरुले तत्काल क्षतिपूर्ति पाउने अवस्था देखिँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कतिपय मानव तस्करहरु देशबाहिर रहने हुँदा पक्राउ पर्न नै वर्षौं लाग्ने र कानुनी प्रकृयाअनुसार कारबाही अगाडि बढाइने हुँदा, पीडितहरुलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समय लाग्ने ब्युरोले स्पष्ट पारेको छ।

000

मानव तस्करको चंगुलमा युद्धग्रस्त मुलुक लिवियामा अलपत्र परेर फर्किएका सैनामैना-१०, रुपन्देहीका गणेशबहादुर थापा मगरको कथा पनि उस्तै छ।

लिवियाबाट फर्किएर उजुरी गरेको केही समयपछि उनलाई त्यहाँसम्म पुर्‍याउने व्यक्ति पक्राउ परिसकेका छन्। तर, थापाले राहत पाउन सकेका छैनन्। ‘सयकडा ३ मा साहुबाट लिएको ऋण बढेको बढ्यै छ। तर, हामीले राहत पाउन सकिएको छैन, त्यत्रो ऋण कसरी तिर्ने?,’ पीडित गणेशले गुनासो गरे।

गणेशलाई यसअघि पनि मानव ओसारपसारमा संलग्न अमरबहादुर बगालेले मासिक १ हजार अमेरिकी डलर कमाई हुने भन्दै प्रलोभन देखाएर युद्धग्रस्त लिविया पुर्‍याएका थिए। बगालेको प्रलोभनमा युएई हुँदै लिविया पुगेका गणेश ७ महिना युद्धको चपेटामा फसेका थिए।

युद्धग्रस्त लिवियामा फसेका गणेशलाई इजिप्टस्थित नेपाली दूतावास, नेपाली शान्ति सेना, अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइएमओ)लगायत संस्थाहरुको सहयोगमा नेपाल फर्किएका हुन्।

गणेशले फर्किए लगत्तै मानव बेचबिखन अनुसन्धान ब्युरोमा अमरबहादुर बगालेविरुद्ध उजुरी दिए। उजुरी दिएपछि ठगी तथा मानव ओसारपसारमा संलग्न बगाले पक्राउ परे। आफूलाई ठगी गर्ने व्यक्ति पक्राउ परेको लामो समयसम्म पनि आफूले राहत पाउन नसकेको गुनासो गणेशले गरेका हुन्।

‘प्रहरीले पक्राउ गरेर मात्रै त भएन नी, छिटो कारबाही गरेर हामी पीडितलाई राहत दिनुपर्‍यो, अनुसन्धानमा छ भनेकै ३ महिना बितिसक्यो,’ गणेश भन्छन्। गणेशजस्तै अन्य दर्जनौं युवाहरु लिवियामा पुगेर अलपत्र परि फर्किएका छन्।

आखिर किन ढिला हुन्छ त कारबाहीमा?

ब्युरोले लिविया रोजगारीको प्रलोभनमा मानव ओसारपसारमा संलग्न ४ जना गिरोहहरुलाई पक्राउ गरी अनुसन्धानको प्रकृया अगाडि बढाएको ब्युरोका प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए। ‘कानुनी प्रकृयाअनुसार जाँदा केही समय लाग्छ, हामी काम गरिरहेकै छौं,’ थपलियाले स्पष्ट पारे।

रोजगारीको प्रलोभनमा एउटै व्यक्तिबाट ५० लाखसम्म ठगी 
विकशित मुलुकमा राम्रो काम र कमाईको प्रलोभनमा पारी मानव तस्करहरुले ५ लाखदेखि ५० लाख रुपैयाँसम्म ठगी गर्ने गरेको खुलेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गोविन्द थपलियाका अनुसार मानव तस्करहरुले अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मनीलगायत मुलुकमा आकर्षक रोजगारीको प्रलोभनमा पारी ५० लाखसम्म ठगी गर्ने गरेको खुलेको छ। त्यस्तै, लिविया, इटाली, युएई, कुवेत लगायतका मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाई ५ लाख रुपैयाँसम्म ठगी गर्ने गरेको पाइएको छ।

पछिल्लो समय राम्रो कमाइ हुने भन्दै युवाहरुलाई नेपाल सरकारबाट रोजगारीका लागि प्रतिबन्धित मुलुक लिविया पुर्‍याउने क्रम बढ्दै गइरहेको छ।

लिवियाबाट पुगेपछि त्यहाँबाट अन्य विकसित मुलुकमा जान सजिलो हुने आश्वासन दिएर समेत युवाहरुलाई मानव तस्करहरुले अलपत्र पार्ने गरेका छन्।

मानव तस्करीका दैनिक सरदर ७ उजुरी
मानव बेचबिखन अनुसन्धान ब्युरोमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर मानव तस्करी गरेका उजुरीहरु दैनिक जसो औसतमा ७ वटासम्म आउने गरेको ब्युरोले जनाएको छ।

मानव तस्करहरुले धेरैजसो विकसित मुलुक युरोप, अमेरिकाको प्रलोभन देखाएर भारत हुँदै अन्य मुलुकमा लगेर अलपत्र पार्ने गरेका उजुरीहरु आउने गरेका ब्युरोका प्रवक्ता गोविन्द थपलिया बताउँछन्। उनका अनुसार यो क्रम बढ्दो छ। उजुरीको संख्या बढ्दै जानुले पनि यतातर्फ संकेत गरेको उनको बुझाई छ।

त्यस्तै, मानव तस्करहरुले युवाहरुलाई भारत हुँदै केन्या, लिविया, म्यानमार, थाइल्यान्ड, इटाली, कुवेत लगायतका विभिन्न मुलुकमा पुर्‍याई अलपत्र पार्ने गरेको समेत भेटिएको ब्युरोले जनाएको छ।

प्रवक्ता थपलियाका अनुसार कतिपय युवाहरु वैदेशिक रोजगारीको नाममा मानव तस्करको पन्जामा परी बेचबिखन तथा शोषणमा समेत पर्ने गरेका छन्।

सरकारले मलेसियालगायत खाडी मुलुकमा घरेलु कामदारका रुपमा जान रोक लगाएसँगै भारतको बाटो हुँदै त्यहाँ जाने कामदारको संख्यासमेत बढेको छ।

रकम बुझाएको प्रमाण नहुँदा समस्या
युरोपलगायत आकर्षक मुलुकमा रोजगारी पाइने प्रलोभनमा परि मोटो रकम बुझाएका पीडितहरुसँग रकम बुझाएको प्रमाण नहुँदा समेत ठगिएको रकम फिर्ता लिन समस्या देखिएको छ।

एजेन्टहरुले पीडितहरुसँग मोटो रकम असुल्ने र प्रमाण नदिने गरेको पाइएको छ। प्रमाण दिए पनि पीडितहरुले बुझाएको रकममध्ये केही रकमको मात्रै प्रमाण दिने गरेको पाइएको हो।

थाइल्यान्डमा पक्राउ परेका परशुराम गुरुङले ठगी गरेका दुई सयभन्दा बढी युवाहरुमध्ये धेरै युवाहरुसँग आफूले बुझाएजति रकमको प्रमाण छैन। आफूले बुझाएजति रकम बराबर प्रमाण नहुँदा पीडित पक्ष थप समस्यामा पर्ने गरेका छन्।

थाइल्यान्ड पुर्‍याई अलपत्र पारिएका गमबहादुर छन्त्यालले गुरुङलाई १२ लाख रुपैयाँ बुझाएका थिए। तर, उनीसँग ३ लाख रुपैयाँ बुझाएको मात्रै प्रमाण छ। कानुनअनुसार पीडितहरुले प्रमाणको आधारमा मात्रै क्षतिपूर्ति पाउँछन्।

राष्ट्रिय मानव अधिकार आयोगले पनि वैदेशिक रोजगारीका क्षेत्रमा सरकारले सम्बोधन गर्न नसकेका विषयहरु उल्लेख गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा समेत वैदेशिक रोजगारीका क्रममा समस्यामा परेर उजुरी गरेका कामदारहरुले न्याय र राहत पाउनै कठिन रहेको औँल्याएको छ।

मानव ओसारपसारमा संलग्नलाई यतिसम्म हुन्छ कारबाही
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४' को दफा १५ मा मानव बेचबिखन र ओसारपसारमा संलग्नलाई सजाएको व्यवस्था गरेको छ।

दफा १५ अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना र किन्न, बेच्न, वा वेश्यावृतिमा लगाउने उद्देश्यले विदेश लैजानेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार देखि १ लाखसम्म जरिवानाको व्यवस्था गरेको छ। (प्रतीकात्मक तस्बिर)

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्