काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले भुगोलका ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो।
नाम भने आजै बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
आजैको बैठकबाट पार्टीको विभाग र आयोगको नेतृत्व पनि टुंगो लगाउने अपेक्षा गरिए पनि त्यसबारे निर्णय हुन सकेन।
अर्को बैठक मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने छ। 'त्यस बैठकले पार्टीको विभागहरु, आयोगहरु, केन्द्रीय निकायहरु, प्रवास संगठनहरुको एकीकरणको टुंगो लगाउने छ', पार्टी प्रवक्ता श्रेष्ठले भने।
यो पनि पढ्नुहोस्ः
वामदेव गौतमले भने- मैले संगठन विभाग पाउने पक्का छ
नेकपाले टुंग्यायो एकताको सम्पूर्ण काम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।