काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आफूले पार्टीको संगठन विभाग पाउने निश्चित भएको दाबी गरेका छन्।
नेकपाको सचिवालय कमिटीको बैठकबाट बाहिरिएका गौतमले बैठकका सम्बन्धमा संचारकर्मीले जिज्ञासा राखेपछि सो कुरा बताएका हुन्।
'बैठकमा अपेक्षित सकारात्मक छलफल भएको छ। मैले संगठन विभाग पाउने पक्का छ,' उनले भने। उनले संगठन विभागमा दाबी गरेको तर यसका सम्बन्धमा निर्णय नै भएको भन्ने स्पस्ट पार्न भने चाहेनन्।
तर नेता गौतमले भनेजस्तो संगठन विभागको नेतृत्वका विषयमा कुनै टुंगो नलागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 'वहाँलाई त्यस्तो लागेको होला। तर कुनै इन्चार्जका विषयमा कुनै सहमति भएको छैन,' नेता श्रेष्ठले भने।
बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ। यसका साथै जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरको इन्चार्ज र सहइन्चार्जको समेत टुंगो लगाएको छ। बैठक पर्सी मंगलबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी समापन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।