डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुनखोलामा निर्माण थालिएको ५ वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन। पुल निर्माण गर्ने सम्झौताको म्याद गुज्रँदा समेत पुलको निर्माण सम्पन्न नभएपछि स्थानीय आक्रोसित बनेका छन्। तर मेयर नै ठेकेदार रहेकाले उनका विरुद्धमा स्थानीयहरु खुलेर बोल्न समेत चाहँदैनन्।
परशुराम नगपालिकाका मेयर भिमबहादुर साउद नै ठेकेदार रहेको सो पुल निर्माण सम्पन्न नहुँदा स्थानीय उपभोक्ताको समस्या समाधान हुन ढिलाइ भएको छ।
मेयर नै ठेकेदार रहेको पुल निर्माणमा ढिलाइ मात्र भएको छैन। तर पुलको मुनिबाट खोला तर्न भने त्यहाँका स्थानीयले ५० रुपैयाँ तिर्दै आएका छन्। तर यो पनि कम जोखिमपूर्ण छैन। टायरको सहयोगमा खोला तारिदिनेले प्रत्येक पटक वारापार गराएको ५० रुपैयाँ लिने गरेका हुन्।
सो क्षेत्रको मुख्य बजार जोगबुडा बजार आवतजावत गर्नका लागि रंगुन खोला तर्नैपर्छ। अस्पताल, बैंक, नागरिकता, पासपोर्टलगायतका कामकाजका लागि दर्जनौं गाउका बस्ती यही खोला तरेर आवतजावत गर्छन्। तर पुल निर्माणको काम अझै पनि ३० प्रतिशतभन्दा बढी नै छ।
उता पुलको काम भएको पाँच वर्ष भइसक्दा समेत पुलको काम सम्पन्न हुन सकेको छैन। रंगुन खोलामा बगेर वर्षेनि नागरिकको ज्यान जाने गरेको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।