• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरीमा बाढीपीडितको बिचल्ली, कोसी किनारको बस्ती सार्ने निर्णयबाट पछि हट्यो नगरपालिका

'चिउरा र त्रिपाल बाँड्नेबाहेक कुनै पहल भएन'
64x64
नेपाल लाइभ शनिबार, साउन ४, २०७६  १०:३५
1140x725

राजविराज– गत वर्ष भदौ १२ गते राति सप्तकोसी नदीको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको ५ र तिलाठी–कोइलाडी गाउँपालिकाका २ वटा वडा डुबायो। करिब ५ सय परिवार प्रभावित भए भने १ सय परिवार विस्थापित भए।

त्रिपाल टाँगेर कोसी पश्चिमी तटबन्धमा बसेका पीडित परिवार लामो समयसम्म घर फर्किन सकेनन्। पूर्वी तटबन्ध जोगाउन भारतले ब्यारेज (पुल) भन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काएपछि सामान्य अवस्थामै गाउँ डुब्न थालेको भन्दै त्यसको दीर्घकालीन उपाय खोज्न उनीहरुले माग गरे। नदीमा ३ लाख क्यूसेक पानी बग्दा पनि सुरक्षित रहेको गाउँ च्यानलकै कारण खतरामा परेको उनीहरुको गुनासो थियो।

सर्वसाधारणको मागलाई सम्बोधन गर्न नगरपालिकाले नयाँ उपाय सुझायो। नगरपालिकाका स्वास्थ्य संयोजक तथा विपत व्यवस्थापन समितिका स्रोत व्यक्ति रामदेव यादवले बाँधको पूर्वतर्फ (कोसीको जग्गामा) बसेको सुकुम्बासी बस्तीलाई नै अन्यत्र सार्ने र पहिलो चरणमा चालु आर्थिक वर्षभित्रै ६५ भूमिहीन परिवारका लागि नि:शुल्क घर बनाइदिने भन्दै नगरपालिकाको निर्णय सुनाए। 

सर्वसाधारणहरु जमेको पानी फालेर घर फर्किए। तर, नगरपालिकाले त्यतिबेला गरेको प्रतिबद्धता पूरा नगर्दा गत जेठ १० गते पनि सप्तकोसीको पानी गाउँ पस्यो। साँझपख च्यानलमा एक्कासि पानी छोड्दा नेपालतर्फको हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोबरगाढाका १ सय २० परिवार घरभित्रै थुनिए।

उनीहरुलाई नेपालतर्फको भू–भागमा आवतजावत गर्न समस्या भयो। कोसीको भँगालो तरेर जानुपर्ने गोबरगाढामा दुई-तीन दिनसम्म सहज आवतजावत समेत नभएको स्थानीयहरु बताउँछन्। 

नियति दोहोरियो, २५० परिवार विस्थापित
नगरपालिकाले आफ्नो निर्णय पूरा नगर्दा यस वर्ष पनि आफूहरु बाढीको चपेटामा परेको वडा नं १२ बाँध टोलका ५६ वर्षीय मोहम्मद अलाउद्दिन मन्सुरीले गुनासो गरे। ‘६५ परिवारलाई घर दिने र अन्यका हकमा कार्यपालिकाको बैठकले निर्णय गर्ने बताएपछि हामी खुसी थियौं,’ उनले भने, 'त्यसो भनेको पनि एक वर्ष पुग्न लाग्यो, तर घर बनाउने र बस्ती सार्ने कुरा त्यसै हरायो।’

Ncell 2
Ncell 2
nimb
nimb

गत असार २८ गते बिहानै सप्तकोसी नदीमा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाकाको अधिकांश क्षेत्र डुबायो। नगरपालिकाले प्रतिबद्धता पूरा नगर्दा हनुमाननगर कंकालिनीका १२ र १३ नं वडा सबैभन्दा बढी प्रभावित भए। बाढीका कारण बाँध टोलका मात्रै ४० परिवार विस्थापित भएर पुनः पश्चिमी तटबन्धमा त्रिपाल टाँगेर बसेको मन्सुरी बताउँछन्।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार गोबरगाढासहित त्यस क्षेत्रका करिब २५० परिवार कोसीको तटबन्धमा आश्रय लिएर बसेका छन्। वर्षा र बाढी रोकिए पनि घरभित्र पसेको पानी नसुकेका कारण घर फर्कन नसकेको ४५ वर्षीया खैरुल खातुनले बताइन्।

यस वर्ष मानवीय क्षति नभए पनि बाढीको आँकलन गर्न नसक्दा आर्थिक क्षति भने धेरै भएको बाढी प्रभावितहरु बताउँछन्। पाइलट च्यानलका कारण कोसीको बाढी पश्चिमतर्फ धकेलिएर सप्तरीमा धेरै क्षति भएको स्थानीय युवा श्याम यादवले बताए। ‘यस्तो बाढी त कहिलै आएकै थिएन,’ बाढीले ल्याएको हिलो सफा गर्दै उनले भने, ‘एक्कासि घर जलमग्न भयो। ज्यान बचाउनै मुस्किल पर्‍यो। सामान जोगाउने त सोच पनि आएन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाढीपीडित प्रति बेवास्ता
गाउँमा बाढी पसेपछि नगरपालिकामार्फत चिउरा, मुरही  (भुजा) र एकएक थान त्रिपाल बाँड्नेबाहेक राहत र समस्या समाधानका लागि अर्को कुनै पहल नभएको गाउँलेको गुनासो छ।

पानी सुक्दै गएपछि घर फर्कने वा सुरक्षित स्थानमा सर्ने भन्ने अन्योल कायमै रहेको ४० वर्षीय तैजुल मन्सुरीले बताए। घरमा भएको खाद्यान्न पानीमा डुबेर कामै नलाग्ने भएपछि खानेकुराको पनि अभाव भएको उनको भनाइ छ। ‘बाढी बढ्न थालेपछि केहीले घरको सामान बाँधको पश्चिमतर्फ सारे। तर, बाढीको आँकलन गर्न नसकेका र सतह बढेको थाहा नपाउनेको खाद्यान्न र लत्ताकपडा सबै बग्यो,’  उनले थपे, ‘खाद्यान्न नष्ट भएकाहरुको बिजोग छ।’

सडकको बास र मुरही खाएको ७ दिन बितिसक्दा पनि कसैले वास्ता नगरेको खैरुल खातुनले गुनासो गरिन्। ‘मुख पाछिसक्यो, मुरहीका कारण सर्दी लागेर बालबच्चा र बूढाबूढी बिरामी पर्न थाले,’ उनले भनिन्, ‘अहिलेसम्म न त नगरपालिकालिकाले हाम्रो समस्या बुझ्यो, न त सरकारले नै खोजीखबर गर्‍यो।’ 

बाढीपछि मेयर शैलेश साह हेर्नसम्म पनि नआएको भन्दै बाढीपीडितले चित्त दुखाएका छन्।

दीर्घकालीन समाधानको माग
नगरपालिका र सरकारले समस्या समाधानका लागि पहल गर्ने आशामा बसेका केही बाढीपीडितले भने राहतका नाममा दिइने एक-दुई किलो चिउरा–मुरहीभन्दा पनि सुरक्षित बासस्थानका लागि पहल गरिदिन माग गरेका छन्। सुकुम्बासी भएकै कारण वर्षौंदेखि तटबन्ध नजिक बसोबास गर्दै आए पनि खोलाले धार परिवर्तन गरेपछि अब सोही स्थानमा बस्नु जोखिमपूर्ण भएको मकिना खातुनको भनाइ छ।

नगरपालिकाले बोली फेर्‍यो
हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहले भने बाढीपीडितका लागि एकसरो राहत र त्रिपाल वितरण गरिएको जानकारी दिँदै उनीहरुको समस्या समाधानका लागि प्रयास भइरहेको बताए।

वडा नं १२ मा बाँधको पूर्वपट्टि बसेका व्यक्तिहरु कोसीकै जग्गामा बसेकाले अन्यत्र सर्न पटकपटक आग्रह गरिएको उनको भनाइ छ। नगरपालिकाले घर बनाएर भूमिहीनहरुको बस्ती नै सार्ने कुरा अस्विकार गर्दै उनले भने, ‘बस्ती सार्ने कुरा नगरपालिकाको निर्णय होइन, कसैले भन्यो भन्दैमा त्यसै अनुसार नगरपालिका चल्दैन।’

हरेक वर्ष बाढीको चपेटामा पर्ने गरेको वडा नं १३, गोबरगाढाका स्थानीयलाई भने प्रदेश सरकार र नगरपालिकाको संयुक्त प्रयासमा सुरक्षित स्थलमा सार्ने प्रयास भइरहेको साहको भनाइ छ। ‘नगरपालिकाको १८ लाख र बाँकी प्रदेश सरकारको गरी ९० लाखको लागतमा वडा नं ४ मा बस्ती नै निर्माण भइरहेको छ,’ उनले भने, ‘गोबरगाढाको बस्ती जसरी पनि सार्ने योजनामा हामी लागेका छौं।’

बस्ती निर्माण गर्न ९० लाख मात्रै पर्याप्त नहुने भएकाले नगरपालिकाले चालु आर्थिक वर्षका लागि थप बजेट ब्यवस्था गर्न लागेको पनि उनले जानकारी दिए।  

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्