काठमाडौं- कसैले चित्र वा मूर्ति दुरुस्तै बनायो भने भन्ने गरिन्छ, ‘कस्तो राम्रो! अहिल्यै बोल्छ होला जस्तो।’
तर, मूर्ति बोल्छन्। नपत्याए युवा मूर्तिकार श्यामकृष्ण श्रेष्ठले बनाएका मूर्ति हेर्नुहोस्।
ललितपुरको सौगालचोकमा उनका मूर्ति प्रदर्शनी चलिरहेको छ। उनका मूर्तिले सयौं शब्द बोल्न सक्छन्। ती शब्दले साँच्चिकै मन छुन्छन्।
ललिकताबाट मूर्तिकलामै स्नातकोत्तर गरेका उनले चार वर्ष लगाएर बनाएका विभिन्न मूर्ति प्रदर्शनीमा राखेका छन्।

अमूल्य थोपा ‘थिम’मा बनाइएको मूर्ति पानीको हाहाकार भोगिरहेका राजधानीवासीको मनमै गढ्छ। उनले पानीको सदुपयोग यो मूर्तिबाट बोलेका छन्। थोपा सुनौलो रङको छ। यसैगरी संरक्षण, विभत्स, लगायतका मूर्तिले प्रकृतिलाई समेटेका छन्।

यसैगरी ‘प्रसव’ले मातृत्व झल्काउँछ। एउटी आमाले सन्तान पाउँदाको पीडा र सुखानुभूति एकसाथ दर्शाउँछ। प्राकृतिक मानवीय क्रियाकलाप अनुनम, उत्सुकताको पर्खाइ लगायतबाट प्रस्तुत गरिएका छन् ।

यसैगरी महादेव, अस्तित्व, प्रस्फुटन लगायका मूर्तिकला उनले प्रदर्शनीमा राखेका छन्।







मूर्तिकार श्यामकृष्ण श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।