काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्ष (गत आर्थिक वर्ष २०७५/७६) मा घुससहित २ सय जनालाई रंगेहात पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कार्यालय सहयोगीदेखि विशिष्ट श्रेणीका कर्मचारीसम्म छन्। विशिष्ट श्रेणीका कर्मचारी २ जना, सहसचिव वा सो सरह २ जना, उपसचिव वा सो सरह १० जना, शाखा अधिृकत वा सो सरह ३२ जना, नायव सुब्बा वा सो सरह ४७ जना, खरिदार वा सो सरह २९ जना, जुनियर कर्मचारी २१५ जना, कार्यालय सहयोगी २४ जना गरी १ सय ६१ जना राष्ट्रसेवक कर्मचारीलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गरेको हो।
.jpg)
त्यस्तै निर्वाचित तथा मनोनीत कर्मचारी ७ जना र बिचौलिया ३२ जना गरी २ सय जनालाई घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
घुससहित रंगेहात पक्राउ पर्नेमा सबैभन्दा बढी गृह मन्त्रालय मातहतका कर्मचारी छन्। गृहका २७ जना, संघीय मामिला अन्तर्गतका २६ जना, भूमि व्यवस्था अन्तर्गतका २२ जना, वन वातावरणका ११ जना कर्मचारी रंगेहात पक्राउ परेका थिए।
अख्तियारमा उजुरीको संख्या पनि गत आर्थिक वर्षमा बढेको देखिन्छ। गत आर्थिक वर्ष २०७५/७६ मा २४ हजार ४८ उजुरी परेको थियो। यो अघिल्लो वर्षको भन्दा साढे ४ हजार बढी हो। आर्थिक वर्ष २०७४/७५ मा १९ हजार ४ सय ८८ उजुरी परेको थियो।
.jpg)
आर्थिक वर्ष २०७५/७६ परेको उजुरीमध्ये १५ हजार ६ सय ११ वटा फर्छ्यौट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।