• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कसरी भएको थियो धनगढी विस्फोटको घटना? पूर्वलडाकु समेत थिए मृतक सिंह

64x64
नेपाल लाइभ शुक्रबार, साउन ३, २०७६  १४:०५
1140x725

धनगढी- धनगढी उपमहानगरपालिका-४ स्थित निलम होटलका सञ्चालक केशव पाण्डे सधैंझैं होटलकै काममा व्यस्त थिए।

बिहीबार साँझ पौने ७ बजेतिर से ७ प ३१४४ नम्बरको मोटरसाइकल आएर बाहिर रोकियो। उक्त मोटरसाइकलबाट उत्रिएका दुई जनाले सुरुमा पानी पिए र बाहिरको टेबलमा बसे।

पाण्डे चिया पकाउने, खाजा बनाएर ग्राहकलाई दिने व्यस्ततामै थिए। 'उनीहरुलाई मैले सुरुमा पानी खान दिएँ। त्यसपछि चिया र समोसा अर्डर गरे,’ सञ्चालक पाण्डे भन्छन्, 'चिया/समोसा खाइसकेपछि चुरोट पनि मागेका थिए। म यता नास्ता बनाइरहेको बेला अचानक ड्याम्म पड्कियो।'

घटनापछि कानमा चोट लागेकाले आफू नजिकको फार्मेसीमा पुगेको उनको भनाइ छ। फार्मेसीले माया मेट्रो अस्पतालमा रिफर गरेपछि उनी अहिले उपचाररत अवस्थामै छन्।

सञ्चालक पाण्डेका अनुसार उनीहरुको साथमा झोला पनि थियो। झोलाभित्रकै केही वस्तु पड्केको हुन सक्ने उनी बताउँछन्।

घटनाका बेला होटलभित्र चार र बाहिर तीन जना नास्ता खादै गफगाफ गरिरहेका थिए। भित्रका ग्राहकलाई कुनै असर नभए पनि बाहिर रहेका अन्डा तथा कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष जितेन्द्र यादव, ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोबिन खान तथा मोटरसाइकलमा आएका रामबहादुर सिंह र लक्ष्मण सेरेला घाइते भए।

सुरुमा ग्यास पड्किएको हल्ला भए पनि घटनास्थल पुगेको प्रहरीले बम नै पड्किएको पुष्टि गरिसकेको छ। घटनास्थलमा तार र फलामका टुक्राहरु समेत प्रहरीले फेला पारेको छ।

उक्त स्थानबाट ९ एमएमको चाइनिज पेस्तोल र एक मोटरसाइकल प्रहरीले बरामद गरेको छ। सिंहले टिफिन बक्समा फिट गरेको बम झोलाभित्र हालेर बोकेको हुन सक्ने कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

एक जनाको मृत्यु
घटनालगत्तै घाइतेहरुलाई उपचारका लागि प्रहरीले माया मेट्रोमा पठाएको थियो।

सिंहको उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुर रिफर गरियो। प्रवक्ता बस्नेतका अनुसार सिंहलाई कोहलपुर लग्ने क्रममा बाटोमै मृत्यु भएको हो। बमको छर्राले उनको ढाड र खुट्टाको मासु बाहिर छुट्टिएको उनको भनाइ छ।

स्थानीय विक्रम विष्ट विस्फोटका समयमा आफू औषधि पसलमै रहेको बताउँछन्। टाउको र कानमा चोट लागेको अवस्थामा आएका पाण्डेलाई माया मेट्रोमा उपचार गर्न आफूले सुझाव दिएर पठाएको उनको भनाइ छ।

‘यहाँ ग्यास सिलिन्डर पटकपटक पड्किन्थ्यो। त्यसैले सुरुमा त ग्यास नै पड्किएको हो भन्ने सोचेका थियौं,' उनले भने, 'पछि बम नै भएपछि असुरक्षित महसुस भइरहेको छ। औषधि किन्ने बहानामा भोलि कसैले बम ल्याएर नआऊलान् भन्न सकिँदैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घाइते सबैको हाल उपचार भइरहेको छ।

मृतक सिंह पूर्वलडाकु
मृतक सिंह र घाइते रहेका सेरेला तत्कालीन माओवादीका समेत लडाकु रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घाइते सेरेला पनि पनि माओवादीको पूर्वलडाकु हुन। सेना समायोजनका बेला उनले ५ लाख लिएर स्वेच्छिक अवकाश लिएको श्रीमती विमलाले बताइन्।

‘स्वेच्छिक अवकास लिँदा पाएको ५ लाखले झिलमिलामा ५ कट्टा जग्गा किनेर बसेका हौं। श्रीमान् कहाँ के गर्थे आफूलाई केही थाहा छैन,’ विमलाले भनिन्, ‘एक हप्ताअघि काठमाडौं जान्छु भनेर घरबाट निस्केका हुन्। हिजो (बिहीबार) बिहान फोन गरेर नेपालगञ्ज छु। दुईचार दिनमा घर आउँछु भन्थे। साँझ प्रहरीले तपाईंको श्रीमानलाई यस्तो भयो भनेर भनेपछि घटना बारे थाहा पाएँ।’

स्वेच्छिक अवकाशबापत ५ लाख रकम पाएपछि सेरला परिवार डडेल्धुराको भागेश्वरबाट बेल्डाँडीको झिलमिलामा आएर बसेका हुन्।

यसैबीच, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धनगढीमा  भएको घटनाको जिम्मा लिएको छ। सेती-महाकाली ब्युरो इन्चार्ज निर्माणले विज्ञप्तिमार्फत बम विस्फोटको जिम्मा लिएका हुन्।

घाइतेहरुको उपचार खर्च पार्टीले बेहोर्ने प्रतिबद्धता जनाइएको छ भने सर्वसाधारण नागरिकमा पर्न गएको असहजताप्रति पार्टीले दुःख व्यक्त गरेको छ। 

आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ पड्किएको जनाउँदै नेकपाले घटनाको परिणामको जिम्मेवार वर्तमान सरकार भएको उल्लेख गरेको छ।

मृतक सिंहलाई उक्त पार्टीले सहिद घोषणा पनि गरेको जनाएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्