काठमाडौं- माघे संक्रान्ति नजिकिएसँग चाकुको उत्पादन र व्यापार बढेको छ। माघे संक्रान्तिमा तरुलसँगै चाकु पनि खाने परम्परा छ।
काठमाडौंको टोखालाई चाकु उत्पादन हुने प्रमुख ठाउँका रुपमा चिनिन्छ। टोखामा सामूहिक उखुखेती गरेर त्यहीँको उखुले परम्परागत रुपमा चाकु बनाउने गरिन्थ्यो। तर गुठीको जग्गा बिक्री हुँदै नासिएपछि अन्यत्रबाटै उखु ल्याएर चाकुको व्यावसायिक उत्पादन सुरु हुन थालेको छ।
त्यसो त ललितपुरको पटन र अन्य क्षेत्रमा पनि चाकुको उत्पादन गरिन्छ। विशेषगरी नेवार समुदायमा चाकु खाने परम्परा रहँदै आएको छ।
हामीले बजारमा किन्ने गरेको चाकु कसरी बन्छ त, हेरौं फोटो र भिडियोमा








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।