• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पूर्वराजदूत झा हत्या : पटके चोरदेखि खुफिया एजेन्सी ‘रअ’ सम्म अनुसन्धान, नार्कोमा देखिएन कुनै संकेत

64x64
नेपाल लाइभ शुक्रबार, साउन ३, २०७६  ०९:१४
1140x725

काठमाडौं– प्रहरीकै भनाइ सापट लिएर भन्ने हो भने पूर्वराजदूत केशवराज झाको हत्या रहस्यमय अपराधमध्ये पनि अझै रहस्यमय घटना हो। अपराध अनुसन्धानमा अब्बल मानिएका प्रहरी अधिकृतहरुले ११ महिनासम्म अनुसन्धान गर्दा पनि हत्या घटनाको गुत्थी फेला पर्न सकेको छैन।

फ्रान्सका लागि पूर्वराजदूत झाको हत्या भएको आज (शुक्रबार) ११ महिना पुगेको छ। तर, प्रहरीले हत्याको रहस्य छिचोल्न त परै जाओस्, अपराधीको संकेतसम्म पहिल्याउन सकेको छैन।

गत भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो। झा हत्याको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले रहस्यमय मध्येको एक भएको बताउँदै आएका छन्। ढिलो चाँडो अपराधी पत्ता लाग्छ भन्नु बाहेक प्रहरीसँग कुनै विकल्प छैन। ‘सबैभन्दा सजिलो सजिलै पत्ता लाग्ने केश मर्डर र सबैभन्दा अफ्ठ्यारो चोरी’ भन्ने प्रहरी अधिकृत झा हत्याको अनुसन्धानबाट यो भनाइलाई नै विचार गर्नुपर्ने बेला आएको बताउन थालेका छन्। 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  झाकै घरमा पाले बसेकासँगै भान्सेको काम गर्दै आएका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्से जयबहादुर तामाङलाई पक्राउ गरेको थियो। 

झा हत्या आरोपमा पक्राउ परेका उनीहरु भदौ २९ गते ८/८ हजार रुपैयाँ धरौटीमा छुटेका थिए। महाशाखाले तीनै जनाको पोलिग्राफ परीक्षण गरेको थियो। जसमा सानुकान्छाले ढाँटेको देखिएको थियो। सानुकान्छामाथि शंका गर्ने ठाउँ हुँदाहुँदै पनि प्रमाण नपुगेपछि प्रहरीले उनलाई छाडेको थियो। यद्यपि उनी अझै प्रहरीको निगरानीमै छन्।

राजदूत झा पाकिस्तानसँग केही निकट रहेको कुरा पनि बाहिर आएकै थियो। यसले थप शंका गर्ने ठाउँ प्रहरीलाई उब्जाएको थियो। महाशाखकै एक प्रहरी अधिकारी अहिले पनि त्यो शंका गर्छन्। तर त्यसलाई पुष्टि गर्ने कुनै आधार छैन। 

कसैसँग पनि नराम्रो व्यवहार नगर्ने, समधुर सम्बन्ध राख्ने, बयोवृद्ध पूर्वराजदूतको हत्या भएपछि अनुसन्धानमा खटिएको प्रहरीले अहिलेसम्म धेरै एंगलबाट अनुसन्धान गरिरहेको छ।

पटके चोरदेखि ‘रअ’ सम्म अनुसन्धान, नतिजा शून्य
राजदूत झाको हत्याको खबर पाउना साथ महानगरीय प्रहरी अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो। झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कु, पन्जा, सुरक्षागार्डको मोबाइल, झाको रगतले लतपतिएको कपडालगायत अन्य प्रमाण फेला पारेको थियो। आफ्नै भान्साको चक्कुले हत्या गरिएको भनिए पनि चक्कुको ल्याब टेस्ट गर्दासमेत कसैको फिंगर प्रिन्टसँग मिलेन। 

झाको घर नजिकै केराको झाँङबाट उठाइएको पन्जामा समेत कुनै क्लु फेला पर्न नसक्नुले प्रहरीले अनुसन्धान रहस्यमय भएको बताउँदै आएको छ। प्रहरीले प्रमाणको रुपमा उठाएका कुराहरुबाट हत्यारा पत्ता लाग्न नसकेपछि अपराध महाशाखाको टोलीले विभिन्न एंगलबाट अनुसन्धान गरिरहेको जनाएको छ।

राजदूत झाको फोनमा सेभ भएका, डायल भएका फोन नम्बरहरु, उनको डायरीमा उल्लेखित व्यक्तिका नाम तथा फोन नम्बरहरुमाथि समेत प्रहरीले गहिरो अनुसन्धान गरेको थियो। तर त्यसमा समेत कुनै क्लु फेला परेन।

केही समयअघि मात्रै महाशाखाको जिम्मेवारी सम्हालेका एसएसपी सहकुल थापाले झा हत्यालगायत पुरानो मुद्दाको फाइलको अनुसन्धानमा आफ्नो प्राथमिकता रहने बताएका थिए। तर अहिलेसम्म पनि कुनै नयाँ क्लु फेला पर्न सकेको छैन। यसबारे जानकारी दिँदै केही दिन अघि एसएसपी थापाले भनेका थिए, ‘अनुसन्धानको दायरा बढाउदै गएका छौं। अहिलेसम्म त्यस्तो केही नयाँ तथ्य फेला पर्न सकेको छैन।’

झाको अन्तिम पटक कोसँग फोनमा कुरा भएको छ? हत्या हुनभन्दा एकहप्तादेखि कहाँ कहाँ गए? भन्ने पाटोको पनि प्रहरीले अनुसन्धान गरेको थियो। तर त्यसमा पनि केही नयाँ तथ्य फेला पर्न सकेन। 

छोराबुहारी नेपाल नभएकाले उनीहरुले कसैमार्फत घटना घटाएकी ? भनेर समेत प्रहरीले उनीहरुमाथि अनुसन्धान गरेको थियो। तर त्यसमा पनि कुनै तथ्य प्रहरीले फेला पार्न सकेन। 

यति गर्दा पनि हत्यारा पत्ता नलागेपछि प्रहरीले लागू औषध दुर्व्यसनी, घरभित्र छिरेर पटकपटक चोरी गर्ने ‘पटके’ चोरहरुमाथि निगरानी बढाएर अनुसन्धान गर्यो्। चोर्ने क्रममा थाहा पाएपछि हत्या गरेर भागेको भन्ने आशंकाले उपत्यकाका चोरको विवरण केलाउँदै प्रहरीले अनुसन्धान गरेको थियो। त्यसबाट पनि केही पत्ता लागेन।

‘नजिकै बाग्मति किनारमा भएको सुकुम्बासी बस्तीका ट्यापे केटाहरुमाथि पनि हामीले अनुसन्धान गर्यौंन। घटना भएका बेला को, कहाँ थियो। अहिले कोही हराएको छ कि भनेर पनि अनुसन्धान गर्यौंथ। तर यसमा पनि केही देखिएन’ महाशाखाका एक प्रहरीले सुनाए।

यति गर्दा समेत कुनै नयाँ कुरा फेला नपरेपछि बिटिएस टावरले क्याच गरेको मोबाइलमार्फत सम्बन्धित व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरेको थियो। 

पोलिग्राफमा झुटो बोलको पत्ता लागेपछि प्रहरीले सानुकान्छाको नार्को परीक्षणसमेत गरेको थियो। नार्को परीक्षण भनेको औषधि खुवाएर अर्धचेत बनाई मनोविज्ञले प्रश्न सोध्ने विधीको नाम हो। त्यसमा समेत कुनै ‘क्लु’ फेला परेको थिएन।

बिटिएस अर्थात् हत्या भएको बेला त्यस वरपर चालू भएका मोबाइलको अनुसन्धान गुरु गरेको थियो। त्यसमा तीन वटा मोबाइलमा बढी शंका गर्ने ठाउँ भएपछि उनीहरुमाथि प्रहरीले अनुसन्धान गरेको थियो। तर त्यसमा समेत केही तथ्य फेला परेन।

बिटिएसमा ठोक्किएका, पटके चोरलगायत ४ सय भन्दा बढी व्यक्तिसँग सोधपुछ र बयान लिइसकेको प्रहरीले बताएको छ। तर उनीहरुबाट समेत कुनै तथ्य फेला पर्न सकेको छैन।

झा हत्या अनुसन्धानमा खटिएकै बेला सुनसरीमा असोज ४ गते खुर्सिद आलमको हत्या भयो। जहाँ भारतीय खुफिया एजेन्सी ‘रअ’ को हात रहेको कुरा बाहिर आएपछि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरु गरेको थियो। राजदूत झा पाकिस्तानसँग केही निकट रहेको कुरा पनि बाहिर आएकै थियो। यसले थप शंका गर्ने ठाउँ प्रहरीलाई उब्जाएको थियो। महाशाखकै एक प्रहरी अधिकारी अहिले पनि त्यो शंका गर्छन्। तर त्यसलाई पुष्टि गर्ने कुनै आधार छैन। 

‘प्रायः ‘रअ’ ले अहिलेसम्मको तथ्याङ्क हेर्दा घरभित्र प्रवेश गरेर हत्या गरेको देखिँदैन। बाटोमा हिँडिरहेको बेला, घरबाहिरै हत्या गरेको देखिन्छ’ महाशाखा स्रोतले भन्यो ‘झा हत्यामा पनि ‘रअ’ को हात देखिँदैन।’

नार्को गर्दा समेत पत्ता लागेन 
झा हत्या आरोपमा पक्राउ परेका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङ भदौ २९ गते छुटेका थिए। महाशाखाले तीनै जनाको पोलिग्राफ परीक्षण गरेको थियो। जसमा आइतसिंह र जयबहादुरले झुटो नबोलको पत्ता लागेको थियो भने सानुकान्छाले झुटो बोलेको त्यसबेलै पत्ता लागको थियो। 

तर पोलिग्राफलाई मात्रै अदालतले प्रमाणको रुपमा नलिने भएपछि त्यसैको आधारमा मात्रै प्रहरीले मुद्दा चलाउन सकेन। पोलिग्राफमा झुटो बोलको पत्ता लागेपछि प्रहरीले सानुकान्छाको नार्को परीक्षणसमेत गरेको थियो। नार्को परीक्षण भनेको औषधि खुवाएर अर्धचेत बनाई मनोविज्ञले प्रश्न सोध्ने विधीको नाम हो। त्यसमा समेत कुनै ‘क्लु’ फेला परेको थिएन।

फिंगर प्रिन्टमा समेत केही नदेखिएपछि अन्तत: सानुकान्छा प्रहरीबाट छुटेका थिए। प्रहरीबाट छुटे पनि महाशाखाको टोलीले उनीमाथि सुक्ष्म निगरानी भने गरिरहेकै छ। 

घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरीले तालिमप्राप्त जर्मन सेफर्ड जातको म्याक्स नामक कुकुर अनुसन्धानमा परिचालन गरेको थियो। त्यसेबला म्याक्सले पनि तामाङतर्फ इंकित गरेको भनाइ प्रहरीको छ। 

पोलिग्राफमा धेरै कुरा ढाँट्नु र कुकुरले समेत केही शंका गर्ने ठाउँ देखाउनुले उनीमाथि अझैं शंका गर्ने ठाउँ रहेको महाशाखाको टोलीले बताउँदै आएको छ।

त्यसैगरी हत्यामा प्रयोग भएको चक्कु झाको भान्साको हुनु र उनी आफैं भान्छे हुनु संयोग हो वा कुनै सम्बन्ध छ यसबारे प्रहरीले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । पूर्वराजदूत झाले प्रयोग गर्ने सिरानी पनि सानुकान्छाले प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको थियो। 

केही तथ्यहरुले सानुकान्छालाई इंगित गरे पनि प्रहरीले प्रष्ट प्रमाण जुटाउन सकेको छैन। यदि सानुकान्छाले हत्या गरेको भए त्यसको कारण के त? यो प्रश्नको जवाफ समेत प्रहरीले पाउन सकेको छैन। 

यदि सानुकान्छाले नै हत्या गरेका भए किन गरे?, हत्याको कारण के? हत्यापछि किन उनले झाको साथमा रहेको रकम समेत लगेनन्? जस्ता कुराको उत्तर र प्रष्ट प्रमाण जुटाउन नसक्दा प्रहरी अहिले हत्यारा यही हो भन्न सक्ने अवस्थामा छैन।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले बोलाएको आकस्मिक बैठकमा के–के भए निर्णयहरु?
प्रधानमन्त्री बालेन्द्रलाई भारतीय प्रधानमन्त्री मोदीको फोन, नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता
बाढी प्रभावित आफ्ना नागरिकलाई सम्पर्कमा आउन भारतीय दूतावासको आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसले बोलाएको आकस्मिक बैठकमा के–के भए निर्णयहरु? बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्री बालेन्द्रलाई भारतीय प्रधानमन्त्री मोदीको फोन, नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता बुधबार, भदौ १०, २०८३
बाढी प्रभावित आफ्ना नागरिकलाई सम्पर्कमा आउन भारतीय दूतावासको आग्रह बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार बुधबार, भदौ १०, २०८३
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्