यसरी हुँदैछ पूर्वपश्चिम राजमार्गको भप्सी खोलामा बेलिब्रिज जडान [फोटो फिचर]

अजय शाह | २०७६ श्रावण २ बिहीबार | Thursday, July 18, 2019 ०७:४३:०० मा प्रकाशित

जनकपुर- पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित बाढीले बगाएको भप्सी पूलमा ‘बेलिब्रिज’ जडान कार्य थालिएको छ।

अविरल वर्षापछि आएको बाढीले ४ दिनअघि भप्सी खोलाको पुल  बगाएको थियो। पुलमा सिरहाको लहानबाट बेलिब्रिजको सामग्री ल्याएर जडान गर्न सुरु गरिएको डिभिजन सडक कार्यालय, मुजेलिया, जनकपुरका प्रमुख विनोद कुमारले जानकारी दिए।

प्रमुख कुमारले राजमार्गको पुल बगाउनु ठूलो क्षति भएको बताउँदै भने, 'करिब-करिब बेलिब्रीज जडानको काम ५० प्रतिशत सम्पन्न हुन लागेको छ, शनिबारसम्म यस माथिबाट गाडी कुद्नसक्छ।'

बाँकी रहेको दुवैतिरको पुलको पिल्लर कमजोर छ। उनले बेलिब्रिज जडान गर्न विज्ञको टोली काठमाडौं र बाराको सिमराबाट ल्याइएको बताउँदै ५० मिटरको यस पुलको बीचबाट मात्र टुटेको भए पनि दुवैतर्फको पिल्लर कमजोर भएकोले बेलिब्रिज ५० मिटरकै तयार गर्न लागिएको बताए।

अहिले डिभिजन सडक कार्यालय जनकपुरले भप्सी खोलाको दक्षिणपट्टी वैकल्पिक बाटो (डाइभर्सन) बनाएर यातायात सञ्चालनमा ल्याएको छ।

एकतर्फि बाटो सञ्चालनमा ल्याए पनि यातायात आवतजावतमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरीका इन्सपेक्टर प्रकाशबहादुर सिंहले बताए।

केही तस्बिरहरुः