काठमाडौं– केही दिनअघि आएको वर्षाका कारण पुर्याएको क्षतिको अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुको एक टोली प्रदेश २ जान लागेको छ।
बाढी तथा डुबानले पुर्याएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे बुझ्न टोली तराईका विभिन्न जिल्लामा जान लागेको हो।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का, रौतहटका सांसद प्रभु साह लगायतको टोली २ नं प्रदेशका जिल्लाहरुमा जान लागेको हो।
टोलीले बाढी तथा डुबानले पुर्याएको क्षति अवलोकन गर्दै राहत र उद्धारको अवस्था बुझ्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।