काठमाडौं- २ सय ९६औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिहीबार विशेष रुपमा मनाइएको छ। पृथ्वीनारायण शाहको सालिक रहेको सिंहदरबार मुख्य गेट अगाडि आयोजित समारोहमा दिवस मनाइएको हो।


समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सालिकमा माल्यार्पण गरेकी थिइन्।

सो क्रममा सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।

सो क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा ऊर्जामन्त्री कमल थापा लगायतले पनि पृथ्वीको सालिकमा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरेका थिए।


अन्य सहभागीहरुले पनि नेपाल एकीकरणकर्ताको रुपमा सम्झिँदै पृथ्वीनारायणप्रति श्रद्धा प्रकट गरेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।