• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारी : उजुरी गरे पनि पीडितलाई न्याय र राहत कठिन

'फ्री-भिसा फ्री-टिकट' नीति कार्यान्वयनमा सरकार असफल 
64x64
नेपाल लाइभ मंगलबार, असार ३१, २०७६  १९:५३
1140x725

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीका क्षेत्रमा सरकारले सम्बोधन गर्न नसकेका विषय उल्लेख गर्दै एक प्रतिवेदन सार्वजनिक गरेको छ। 

वैदेशिक रोजगारीमा जाने कामदारहरु समस्यामा परेर फर्किएर उजुरी गर्दा पनि उनीहरुले न्याय र राहत पाउन कठिन भएको आयोगले उल्लेख गरेको छ। 

आर्थिक वर्ष २०६९/७० देखि २०७५/७६ को जेठ मसान्तसम्म वैदेशिक रोजगारी क्षेत्रका कुल १६ हजार ३२ उजुरी दर्ता भएका छन्। जसमध्ये ४ हजार ५ सय ९३ अर्थात् २८.६५ प्रतिशत फरफारक भई कुल ११ हजार ४ सय ३९ अर्थात् ७१.३५ प्रतिशत उजुरी फरफारक हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। 

न्याय पहुँचमा कमी 
समस्यामा परेका आप्रवासी कामदारका समस्या सम्बोधन गर्ने निकाय उपत्यकामा मात्रै सिमित भएकाले वैदेशिक रोजगारबाट समस्यामा परेर फर्किएका कामदारलाई न्याय पहुँचमा समस्या भएको आयोगले उल्लेख गरेको छ। 

वैदेशिक रोजगार बोर्ड तथा न्यायाधिकरणको कार्यालय काठमाडौँमा मात्रै छन्। विभागका केही सेवालाई काठमाडौँ वाहिर विस्तार गरिए पनि त्यसले मात्रै वैदेशिक रोजगार सम्बद्ध कामका लागि काठमाडौँ नै आउन पर्ने बाध्यता समाप्त पार्न नसकेको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवादीलाई उन्मुक्ति 
आयोगको अनुसन्धान टोलीले २०७५ साउन २३ देखि २०७५ फागुन ३ को अवधिमा दर्ता भएका कुल ६ सय ३८ वटा संस्थागत उजुरीको विवरण अध्ययन गरेको थियो। तीमध्ये जेठ २३ गतेसम्म २ सय ४७ वटा उजुरीउपर छानबिन गरी विभागले उजुरी फरफारक गरेको थियो। ती कसुरमा संलग्न म्यानपावरलाई जरिवाना वा ऐनमा तोकिएबमोजिमको कुनै सजाय गरेको छैन।

वैदेशिक रोजगारीमा जाने कामदारमाथि जबर्जस्ती श्रम र मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी नेपाल कानुन र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानुनले परिभाषा गरेबमोजिमका कसुर पनि प्रशस्तै देखिएका छन्। 'ती कसुरहरूमा वैदेशिक रोजगार सामान्य ठगीका हिसाबले कारबाही अगाडि बढाउन वा पीडितलाई राहत रकम भराएर प्रतिबादीलाई उन्मुक्ति दिन मिल्दैन। तर पनि यसरी सामान्य ठगी देखाएर कामदारलाई राहत रकम भराएर प्रतिबादीलाई उन्मुक्ति दिने गरेको पाइएको' आयोगको अध्ययनमा उल्लेख छ। 

nimb
nimb
Ncell 2
Ncell 2

फैसला कार्यान्वयन न्यून 
आयोगको अनुसन्धान वैदेशिक रोजगारीसम्बन्धी कसुरका मुद्दाका फैसला कार्यान्वयन दर ज्यादै न्यून रहेको आयोगले जनाएको छ। अध्ययन टोलीले 'वैदेशिक रोजगार न्यायाधिकरणबाट भएका फैसला कार्यान्वयनको स्थितिसम्बन्धी एक अनुसन्धानमूलक अध्ययन प्रतिवेदन २०७४' (बैदेशिक रोजगार बोर्डबाट प्रकाशित हुन बाँकी) अध्ययन गरेको थियो। 

सो अध्ययन प्रतिवेदनमा ८ वटा जिल्ला अदालतमा कार्यान्वयनका लागि पठाइएका ७४ वटा फैसलाको कार्यान्वयनको अवस्था विश्लेषण गरिएको छ।

फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा १९ जना (अर्थात् २५.६७ प्रतिशत)ले निवेदन दिएको र सोमध्ये जम्मा ८ वटा मुद्दाका जाहेरवालाहरू (अर्थात् १०.८१ प्रतिशत)ले क्षतिपूर्ति र हर्जाना प्राप्त गरेको पाइएको छ। यसै आधारमा वैदेशिक रोजगार कसुरका मुद्दाका फैसला कार्यान्वयन दर न्यून रहेको आयोगले स्पष्ट पारेको छ। 

आप्रवासी महिलामाथि सरकारको विभेदपूर्ण नीति 
वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा लैङ्गिक विभेद नगरिने भनेको भएपनि नेपाल सरकारले महिलाहरूलाई कहिले ‘प्रतिबन्ध’ त कहिले ‘उमेर हद’ तोक्ने विभेदकारी नीति लिएको आयोगले उल्लेख गरेको छ। 

महिला कामदारलाई खाडीलगायत विभिन्न मुलुकमा विशेष संरक्षणको व्यवस्था गरिनुपर्नेमा त्यसको पहल नगरी 'प्रतिबन्ध' गर्नु समस्याको समाधान नभएको आयोगको अध्ययन प्रतिवेदनमा बताइएको छ।  

'प्रतिबन्ध’ वा ‘उमेर हद’ले झनै खुला सीमानाको प्रयोग गरेर वा नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी महिलाहरुलाई तेस्रो मुलुक पुर्याउने क्रम नरोकिएको आयोगको टिप्पणी छ।

परराष्ट्र तथा श्रम समितिको प्रतिवेदनमा खाडी मुलुकमा अवैध ढङ्गले पुर्‍याइएका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा पुर्‍याइने गरेको उल्लेख छ। 

त्यस्तो अवैध धन्दामा विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीका कर्मचारी र बिचौलियाहरूको प्रत्यक्ष संलग्नता रहेको र बाँकी ४० प्रतिशत भारतका विभिन्न शहर, श्रीलङ्का, चिन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी पुर्याएर बेच्ने गरिएको पाइयो' भनिएको छ।

नेपाली राजदूतावास साउदी अरबको एक अध्ययनले त्यहाँ अनौपचारिक माध्यमबाट पुर्याइएका/पुगेका महिलाहरूको सङ्ख्या ७० हजार रहेको उल्लेख गरेको छ।

फ्री-भिसा फ्री-टिकट नीति कार्यान्वयनमै सरकार असफल 
२०७२ असार २१ गतेदेखि सरकारले लागू गरेको फ्री-भिसा फ्री टिकट नीति कार्यान्वयनमा सरकार असफल भएको राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले देखाएको छ। 

फ्री-भिसा फ्री-टिकट नीति लागू गरेको ४ वर्ष बितिसक्दा पनि यो नीति कार्यान्वयनमा सरकार असफल भएको आयोगले उल्लखे गरेको हो। 

फ्री-भिसा फ्री-टिकट नीति कार्यान्वयनमा ल्याउन सरकार असफल हुँदा वैदेशिक रोजगारमा जाने कामदारमाथि ठगी बढ्दै गइरहेको आयोगको निश्कर्ष छ। 

राष्ट्रिय मानव अधिकार आयोगले फ्री-भिसा फ्री-टिकट नीति लागू गरिएका कतार, मलेसिया, साउदी, युएई लगायत विभिन्न ७ वटा मुलुकमा म्यानपावरमार्फत् श्रम स्वीकृति लिई पुगेर फर्किएका १ सय ७३ जना कामदारसँग सोधपुछ गरेको थियो। 

१ सय ७३ कामदार सबैले तोकिएको सीमाभन्दा अध्याधिक धेरै (७० हजार देखि २ लाख १० हजारसम्म) रकम बुझाएर विदेशीएको बताएका थिए। 

कामदारसँग मोटो रकम लिएपनि उनीहरुलाई १० हजार नगदको मात्रै रसिद म्यानपावरले उपलब्ध गराउने गरेको पाइएको छ। कामदारहरु ठगिएर क्षतिपूर्तिका लागि मागदावी गर्दा २ लाख बुझाएर गएका कामदारले पनि १० हजार मात्रै क्षतिपूर्ति पाउने हुँदा धेरै कामदारहरू यसबाट ठगिएका छन्।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पशुपक्षी र वातावरण स्वस्थ नभई हामी पूर्ण स्वस्थ हुन सक्दैनौँ: स्वास्थ्यमन्त्री मेहता
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
सुन तोलाको ४ सय बढ्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, पेट्रोलियम पदार्थबारे विशेष निर्णय हुन सक्ने मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
पशुपक्षी र वातावरण स्वस्थ नभई हामी पूर्ण स्वस्थ हुन सक्दैनौँ: स्वास्थ्यमन्त्री मेहता मंगलबार, चैत २४, २०८२
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल मंगलबार, चैत २४, २०८२
सुन तोलाको ४ सय बढ्यो मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई सोमबार, चैत २३, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्