• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारी : उजुरी गरे पनि पीडितलाई न्याय र राहत कठिन

'फ्री-भिसा फ्री-टिकट' नीति कार्यान्वयनमा सरकार असफल 
64x64
नेपाल लाइभ मंगलबार, असार ३१, २०७६  १९:५३
1140x725

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीका क्षेत्रमा सरकारले सम्बोधन गर्न नसकेका विषय उल्लेख गर्दै एक प्रतिवेदन सार्वजनिक गरेको छ। 

वैदेशिक रोजगारीमा जाने कामदारहरु समस्यामा परेर फर्किएर उजुरी गर्दा पनि उनीहरुले न्याय र राहत पाउन कठिन भएको आयोगले उल्लेख गरेको छ। 

आर्थिक वर्ष २०६९/७० देखि २०७५/७६ को जेठ मसान्तसम्म वैदेशिक रोजगारी क्षेत्रका कुल १६ हजार ३२ उजुरी दर्ता भएका छन्। जसमध्ये ४ हजार ५ सय ९३ अर्थात् २८.६५ प्रतिशत फरफारक भई कुल ११ हजार ४ सय ३९ अर्थात् ७१.३५ प्रतिशत उजुरी फरफारक हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। 

न्याय पहुँचमा कमी 
समस्यामा परेका आप्रवासी कामदारका समस्या सम्बोधन गर्ने निकाय उपत्यकामा मात्रै सिमित भएकाले वैदेशिक रोजगारबाट समस्यामा परेर फर्किएका कामदारलाई न्याय पहुँचमा समस्या भएको आयोगले उल्लेख गरेको छ। 

वैदेशिक रोजगार बोर्ड तथा न्यायाधिकरणको कार्यालय काठमाडौँमा मात्रै छन्। विभागका केही सेवालाई काठमाडौँ वाहिर विस्तार गरिए पनि त्यसले मात्रै वैदेशिक रोजगार सम्बद्ध कामका लागि काठमाडौँ नै आउन पर्ने बाध्यता समाप्त पार्न नसकेको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवादीलाई उन्मुक्ति 
आयोगको अनुसन्धान टोलीले २०७५ साउन २३ देखि २०७५ फागुन ३ को अवधिमा दर्ता भएका कुल ६ सय ३८ वटा संस्थागत उजुरीको विवरण अध्ययन गरेको थियो। तीमध्ये जेठ २३ गतेसम्म २ सय ४७ वटा उजुरीउपर छानबिन गरी विभागले उजुरी फरफारक गरेको थियो। ती कसुरमा संलग्न म्यानपावरलाई जरिवाना वा ऐनमा तोकिएबमोजिमको कुनै सजाय गरेको छैन।

वैदेशिक रोजगारीमा जाने कामदारमाथि जबर्जस्ती श्रम र मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी नेपाल कानुन र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानुनले परिभाषा गरेबमोजिमका कसुर पनि प्रशस्तै देखिएका छन्। 'ती कसुरहरूमा वैदेशिक रोजगार सामान्य ठगीका हिसाबले कारबाही अगाडि बढाउन वा पीडितलाई राहत रकम भराएर प्रतिबादीलाई उन्मुक्ति दिन मिल्दैन। तर पनि यसरी सामान्य ठगी देखाएर कामदारलाई राहत रकम भराएर प्रतिबादीलाई उन्मुक्ति दिने गरेको पाइएको' आयोगको अध्ययनमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

फैसला कार्यान्वयन न्यून 
आयोगको अनुसन्धान वैदेशिक रोजगारीसम्बन्धी कसुरका मुद्दाका फैसला कार्यान्वयन दर ज्यादै न्यून रहेको आयोगले जनाएको छ। अध्ययन टोलीले 'वैदेशिक रोजगार न्यायाधिकरणबाट भएका फैसला कार्यान्वयनको स्थितिसम्बन्धी एक अनुसन्धानमूलक अध्ययन प्रतिवेदन २०७४' (बैदेशिक रोजगार बोर्डबाट प्रकाशित हुन बाँकी) अध्ययन गरेको थियो। 

सो अध्ययन प्रतिवेदनमा ८ वटा जिल्ला अदालतमा कार्यान्वयनका लागि पठाइएका ७४ वटा फैसलाको कार्यान्वयनको अवस्था विश्लेषण गरिएको छ।

फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा १९ जना (अर्थात् २५.६७ प्रतिशत)ले निवेदन दिएको र सोमध्ये जम्मा ८ वटा मुद्दाका जाहेरवालाहरू (अर्थात् १०.८१ प्रतिशत)ले क्षतिपूर्ति र हर्जाना प्राप्त गरेको पाइएको छ। यसै आधारमा वैदेशिक रोजगार कसुरका मुद्दाका फैसला कार्यान्वयन दर न्यून रहेको आयोगले स्पष्ट पारेको छ। 

आप्रवासी महिलामाथि सरकारको विभेदपूर्ण नीति 
वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा लैङ्गिक विभेद नगरिने भनेको भएपनि नेपाल सरकारले महिलाहरूलाई कहिले ‘प्रतिबन्ध’ त कहिले ‘उमेर हद’ तोक्ने विभेदकारी नीति लिएको आयोगले उल्लेख गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महिला कामदारलाई खाडीलगायत विभिन्न मुलुकमा विशेष संरक्षणको व्यवस्था गरिनुपर्नेमा त्यसको पहल नगरी 'प्रतिबन्ध' गर्नु समस्याको समाधान नभएको आयोगको अध्ययन प्रतिवेदनमा बताइएको छ।  

'प्रतिबन्ध’ वा ‘उमेर हद’ले झनै खुला सीमानाको प्रयोग गरेर वा नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी महिलाहरुलाई तेस्रो मुलुक पुर्याउने क्रम नरोकिएको आयोगको टिप्पणी छ।

परराष्ट्र तथा श्रम समितिको प्रतिवेदनमा खाडी मुलुकमा अवैध ढङ्गले पुर्‍याइएका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा पुर्‍याइने गरेको उल्लेख छ। 

त्यस्तो अवैध धन्दामा विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीका कर्मचारी र बिचौलियाहरूको प्रत्यक्ष संलग्नता रहेको र बाँकी ४० प्रतिशत भारतका विभिन्न शहर, श्रीलङ्का, चिन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी पुर्याएर बेच्ने गरिएको पाइयो' भनिएको छ।

नेपाली राजदूतावास साउदी अरबको एक अध्ययनले त्यहाँ अनौपचारिक माध्यमबाट पुर्याइएका/पुगेका महिलाहरूको सङ्ख्या ७० हजार रहेको उल्लेख गरेको छ।

फ्री-भिसा फ्री-टिकट नीति कार्यान्वयनमै सरकार असफल 
२०७२ असार २१ गतेदेखि सरकारले लागू गरेको फ्री-भिसा फ्री टिकट नीति कार्यान्वयनमा सरकार असफल भएको राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले देखाएको छ। 

फ्री-भिसा फ्री-टिकट नीति लागू गरेको ४ वर्ष बितिसक्दा पनि यो नीति कार्यान्वयनमा सरकार असफल भएको आयोगले उल्लखे गरेको हो। 

फ्री-भिसा फ्री-टिकट नीति कार्यान्वयनमा ल्याउन सरकार असफल हुँदा वैदेशिक रोजगारमा जाने कामदारमाथि ठगी बढ्दै गइरहेको आयोगको निश्कर्ष छ। 

राष्ट्रिय मानव अधिकार आयोगले फ्री-भिसा फ्री-टिकट नीति लागू गरिएका कतार, मलेसिया, साउदी, युएई लगायत विभिन्न ७ वटा मुलुकमा म्यानपावरमार्फत् श्रम स्वीकृति लिई पुगेर फर्किएका १ सय ७३ जना कामदारसँग सोधपुछ गरेको थियो। 

१ सय ७३ कामदार सबैले तोकिएको सीमाभन्दा अध्याधिक धेरै (७० हजार देखि २ लाख १० हजारसम्म) रकम बुझाएर विदेशीएको बताएका थिए। 

कामदारसँग मोटो रकम लिएपनि उनीहरुलाई १० हजार नगदको मात्रै रसिद म्यानपावरले उपलब्ध गराउने गरेको पाइएको छ। कामदारहरु ठगिएर क्षतिपूर्तिका लागि मागदावी गर्दा २ लाख बुझाएर गएका कामदारले पनि १० हजार मात्रै क्षतिपूर्ति पाउने हुँदा धेरै कामदारहरू यसबाट ठगिएका छन्।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : किशोर र शेरको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्