काठमाडौं- लोकसेवा आयोगले स्थानीय तहमा खुलाएको विज्ञापनविरुद्ध आज काठमाडौंमा बृहत् प्रदर्शन भएको छ।
आयोगले समावेशी सिद्धान्तविपरीत विज्ञापन खुलाएको भन्दै नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा मंगलबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा आयोगले गत जेठ १५ गते ९ हजार १६१ संख्यामा विज्ञापन खुलाएको थियो।
प्रदर्शनमा दलित, जनजाति, मधेसी, महिला, मुस्लिम, अपांगता भएकाहरु लगायतको ठूलो सहभागिता थियो। सहभागीहरुले संविधानअनुसार लोकसेवाले विज्ञापन नसच्याए आन्दोलन नरोकिने बताएका छन्। उनीहरुले समावेशी विज्ञापन जारी नगरेसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।