काठमाडौं : अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको अस्तव्यस्तता सार्वजनिक गरेको फोटोलाई चलचित्र विकास बोर्डले नियोजित भएको आरोप लगाएको छ।
बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको छ। बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ।'
राष्ट्रपति निवासमा भएको पुरस्कार वितरणको कार्यक्रमको सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र सोअघि आधा घण्टा तयारीका लागि कलाकारहरु मञ्चको विपरीत भागमा रहेको कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको दाबी बोर्डले गरेको छ।
'शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ,' विज्ञप्तिमा भनिएको छ, 'कार्यक्रम अवधिभर कुनै पनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ।'
तर यसबारे प्रतिक्रिया दिँदै सरोज खनालल भने आफूले त्यसो गर्नु बाध्यता भएको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।