काठमाडौं- नेपाली कांग्रसका कोइराला परिवारका नेताहरु पुनः बैठकमा जुटेका छन्।
सोमबार साँझ महामन्त्री डा शशांक कोइराला निवासमा महाराजगञ्जमा तीन नेताको भेट भएको हो।
महामन्त्री कोइराला, नेताद्वय डा शेखर कोइराला र सुजाता कोइरालाबीच कोइराला परिवारको भुमिका बढाउने पक्षमा छलफल भएको बताइएको छ।
पार्टी भित्रको पछिल्लो घटनाक्रम बारे भेटमा छलफल भएको बताइएको छ।
यसअघि सुजाता निवास मण्डिखाटार,विराटनगर र वीरगञ्जमा नेता त्रयले कोइराला परिवार एक भई अघि बढ्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।