काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारमाध्यममा विदेशी लगानी स्विकार्य नहुने बताएका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चारमाध्याममा विदेशी लगानी स्विकार गर्नै नसक्ने प्रस्ट्याए। सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चारमाध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी पनि दिए।
सञ्चारमाध्यमहरुलाई आतंकवादी गतिविधि हेर्ने दृष्टिकोण स्पष्ट पार्नसमेत उनले सचेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चारमाध्यामबाट आउन थालेकोमा मन्त्री बाँस्कोटाले आपत्ति जनाए।
मन्त्री बाँस्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारमाध्यमलाई कारबाही हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।