काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली कामदारका आफन्तले भिजिट भिसाका लागि नो अब्जेक्सन लेटर नपाउने भएका छन्।
आबुधावीस्थित नेपाली दूतावासले आइतबार सूचना जारी गर्दै असार ३० गते अर्थात् आजदेखि भिजिट भिसामा युएई जाने नेपाली कामदारका आफन्तले एनओसी नपाउने उल्लेख गरेको हो।
पत्रमा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु (श्रीमान्, श्रीमती, आमा, बुबा, छोरा, छोरी, सासू, सुसुरा) लाई यस दूतावासबाट जारी गरिँदै आएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) मिति २०७६ असा ३० गतेदेखि जारी नगरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
.jpg)
यसअघि युएईमा कार्यरत नेपाली कामदारहरुका आफन्तहरुलाई भिजिट भिसाको लागि दूतावासले (एनओसी) उपलब्ध गराउँदा नातेदारहरु पनि सजिलै भिजिट भिसामा युएई जाने गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।