काभ्रे- अविरल वर्षाका कारण पनौती नगरपालिकाको रोशी जोरघट्ट-२ मा पहिरो खसेपछि थुनिएको रोशी खोला खुलाइएको छ। स्थानीय तथा सुरक्षाकर्मी मिलेर रोशी खोलालाई खुलाइएको हो।
बिहानदेखि बहाव रोकिएकोमा स्थानीय संयन्त्रको प्रयोग गरी खोलालाई पूरानै अवस्थामा फर्काइएको हो।
मापदण्डविपरीत खुलेका ढुङ्गाखानीका कारण पहिरो गएपछि आज बिहान खोला थुनिएको थियो। खोला छेउमा रहेका वस्तीमा पहिरो गएपछि सडकसमेत अवरुद्ध भएको छ।
डाइमन्ड र कृष्टल ढुङ्गाखानी उद्योगले जथाभावी स्काभेटर प्रयोग गरेर पहाड खनेका कारण डाँडै खसेर खोला थुनिएको स्थानीयले जानकारी दिए।
सो स्थानमा रहेका ८ वटा ढुङ्गाखानी र दुई वटा क्रसर उद्योग भने अझै सञ्चालनमा आउन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।