• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सार्वजनिक संस्थानको संख्या घटाउन सरकारलाई सुझाव

'सरकारी स्वामित्वका सञ्चार संस्था गाभ्नुपर्ने, विद्युत प्राधिकरण टु्क्र्याउनुपर्ने'
64x64
नेपाल लाइभ आइतबार, असार २९, २०७६  २०:३२
1140x725

काठमाडौं- सरकार मातहतका सार्वजनिक संस्थानहरु निरन्तर घाटामा गएकाले संख्या घटाउन सरकारलाई सुझाव प्राप्त भएको छ। वार्षिक अर्बौं रुपैयाँको दायित्व सिर्जना हुन थालेपछि संस्थानको संख्या घटाउन सार्वजनिक खर्च पुनरवलोकन आयोगले सरकारलाई सुझाव दिएको हो। 

समान प्रकृतिका संस्थानहरुलाई एक आपसमा गाभ्न र असफल संस्थानलाई स्वदेशी तथा विदेशी रणनीतिक साझेदार खोज्न आयोगले भनेको छ। गत वर्ष भदौ ३ गतेको मन्त्रिपरिषद् निर्णयबाट अर्थविद् डा डिल्लीराज खनालको अध्यक्षतामा सार्वजनिक खर्च पुनरवलोकन आयोग गठन भएको थियो।

औद्योगिक क्षेत्रमा अस्तित्वमा रहेका ७ उद्योगहरूमध्ये उदयपुर सिमेन्ट उद्योग र हेटौडा सिमेन्ट उद्योगलाई एउटै प्रकृतिको व्यवस्थापकीय अभ्यासमा सञ्चालन गर्ने गरी पुनर्संरचना गर्नुपर्ने सुझाव आएको छ। 

यी दुई संस्थामा कार्यरत कर्मचारीहरू एक अर्को कारखानामा सरुवा हुने गरी व्यवस्थापन गर्न सकिने र एउटै सञ्चालक समिति, कार्यकारी प्रमुख र व्यवस्थापकबाट कारखाना सञ्चालन हुन पर्ने सझाव आएको छ। 

दुग्ध विकास संस्थानले निजी र सहकारी क्षेत्रसँग साझेदारीसहित नयाँ तरिकाले व्यवसाय गर्न सकिने कुरा पनि आयोगले सुझाव दिएको छ। दुग्ध विकास संस्थानले नीजि क्षेत्रसँगको सहकार्यमा अनलाईन सेवा सुरु गर्नुपर्ने आयोगको सुझाव छ।

कुन संस्थान कुनसँग गाभ्ने?
नेपाल ओरिन्ड म्याग्नेसाइट र नेपाल मेटल कम्पनी लिमिटेड दुबैमा सरकारको साथै निजी व्यावसायिक घरानाको सेयर स्वामित्व रहेको छ। मेटल कम्पनीमा सरकारले थप लगानी नगर्ने निर्णय गरेसँगै यसमा चिनीयाँ  कम्पनी छाइयुनको सेयर स्वामित्व बढ्दै गएको छ। 

यी दुबै कम्पनीलाई सरकार र कम्पनीसहितको संयुक्त व्यवस्थापनबाट सञ्चालनमा ल्याउँदा उत्पादन विस्तार तथा व्यवसायिक प्रवर्द्धन गर्न सकिने आयोगको सुझाव छ। 

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी र नेपाल औषधि लिमिटेड गाभेर व्यवसायिक रूपमा सञ्चालनमा ल्याउन पनि सरकारलाई सुझाव आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

व्यापारिक क्षेत्रअन्तर्गत सञ्चालन भईरहेका कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय बीउबीजन कम्पनी लिमिटेड, र नेशनल ट्रेडिङ्ग लिमिटेडलाई नेपाल खाद्य संस्थानमा गाभी राष्ट्रिय आपूर्ति कम्पनी निर्माण गर्न सुझाव आएको छ। 

नेपाल आयाल निगममा निजी साझेदारी सहभागिता सहित पूँजी संरचना गरी ५५ प्रतिशत नेपाल सरकारको शेयर र बाँकी अन्य शेयर स्वामित्वमा निजी क्षेत्रको सहभागितामा पूँजी वृद्धि गर्दै सार्वजनिक निजी स्वामित्वको स्वरूपबाट यसलाई व्यवस्थापन गर्न उपयुक्त हुने सुझाव दिइएको छ

गोलिया काठहरू खरिद-बिक्री गर्दै आएको द टिम्बर कर्पोरेसन अफ नेपाललाई पुनर्संरचना गरी व्यवसायीक रूपमा सञ्चालन गर्न संरचनागत सुधार आवश्यक रहेको आयोगको ठम्याइ छ। 

सेवा क्षेत्रअन्तर्गत सञ्चालन हुँदै आएका ७ वटा संस्थानमध्ये ३ वटा संस्थान हाल बन्द अवस्थामा रहेका छन्। निर्माण क्षेत्र र इन्जिनियरिङ्ग कन्सल्टेन्सीका क्षेत्रमा व्यवसायिक र प्रतिस्पर्धा आवश्यक रहेको भन्दै आयोगको सुझावअनुसार नै सरकारले कन्सट्रक्सन कम्पनी स्थापना गरी व्यवसायिक रूपमा सञ्चालन गर्ने भइसकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निजी क्षेत्र समेतको सहभागितामा ठूलो क्षमताको लिजिङ कम्पनीसमेत सरकारले स्थापना गर्नुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ। 

राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेडलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभ्नु उपयुक्त हुने आयोगको अध्ययन प्रतिवेदनले देखाएको छ।  

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीलाई विदेशी कम्पनीसँग साझेदारीमा व्यवसाय प्रवर्द्धन गर्न सुझाव आएको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणलाई क्रमशः नियामक निकायको भूमिकामा लैजानुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। 

सामाजिक क्षेत्रअन्तर्गत सञ्चालन भइरहेका ५ वटा सार्वजनिक संस्थानहरूमध्ये गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, रेडियो प्रशारण समिति र रेडियो नेपाललाई गाभेर नेपाल टेलिभिजन प्रशारण तथा प्रकाशन कम्पनी स्थापना गर्न उपयुक्त हुने सुझाव आएको छ। 

राष्ट्रिय आवास कम्पनीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गाभ्ने तथा जनक शिक्षा सामग्री केन्द्रलाई मुद्रण विभागमा गाभ्न पनि आयोगको सुझाव छ। 

जनउपयोगी क्षेत्रअन्तर्गत सञ्चालन भइरहेका खानेपानी संस्थान खारेज नै गर्नुपर्ने सुझाव आएको छ। नेपाल खानेपानी संस्थानका धेरै काम काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा हस्तान्तरण भइसकेकोले पनि संस्थान खारेज गर्नुपर्ने आयोगको तर्क छ। प्रदेश र स्थानीय तहमा खानेपानीको प्रबन्ध गर्न प्रदेश सरकार र स्थानीय पालिकाहले जिम्मामा पाइसकेकोले केन्द्रीयस्तरमा खानेपानी संस्थानलाई खारेजी गर्न उपयुक्त हुने आयोगको निष्कर्ष छ। 

सरकारको सबैभन्दा ठूलो लगानी भएको रणनैतिक महत्त्वको संस्था नेपाल विद्युत प्राधिकरणलाई भने आयोगले टुक्र्याउन सुझाव दिएको छ। प्राधिकरणअन्तर्गतका उत्पादन, प्रशारण र वितरण विभागलाई टुक्राएर फरकफरक विभाग बनाउन आयोगको सुझाव छ। दुई विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रशारण ग्रीड कम्पनीलाई पनि गाभ्न सकिने प्रतिवेदनमा उल्लेख छ। 

नेपाल टेलिकममा भने विदेशी रणनीतिक साझेदार ल्याउनुपर्ने आयोगको सुझाव छ। 

वित्तीय क्षेत्रअन्तर्गत नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (सिडिएस एन्ड क्लियरिङ) को संरचनात्मक सुधार गर्नुपर्ने देखिएको छ। त्यसैगरी, कृषि विकास बैंक तथा नेपाल बैंक लिमिटेडमा पनि स्वदेशी निजी बैंकलाई साझेदारको रूपमा प्रवेश गराउन सकिने भन्दै रणनीतिक साझेदारको बाटो आयोगले देखाएको छ।

आयोगले गत फागुन ३ गते नै सरकारलाई प्रतिवेदन बुझाएको भएपनि सरकारले भने सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: आइतबार, असार २९, २०७६  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल: सुदूरपश्चिमविरुद्ध लुम्बिनीले टस जित्यो, पहिला फिल्डिङ गर्दै
एनपीएलको तेस्रो संस्करणको पहिलो खेलमै उपाधि प्रतिस्पर्धी आमनेसामने
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल: सुदूरपश्चिमविरुद्ध लुम्बिनीले टस जित्यो, पहिला फिल्डिङ गर्दै सोमबार, कात्तिक ९, २०८३
एनपीएलको तेस्रो संस्करणको पहिलो खेलमै उपाधि प्रतिस्पर्धी आमनेसामने सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी सोमबार, कात्तिक ९, २०८३
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्