• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सुर्खेतका बाढीपीडितको व्यथा– शीतले सिरक भिजाउँछ, आँसुले सिरानी

64x64
नेपाल लाइभ बुधबार, पुस २६, २०७४  १२:५८
1140x725

सुर्खेत– बुधवार बिहान वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रको प्रांगणमा पुग्दा धनसरी कामी एकसरो लुगाको भरमा भेटिइन्। शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको सुर्खेतको तापक्रममा पनि उनी एकसरो लुगाको भरमा भाँडा माझिरहेकी थिइन्। 

धनसरीले चिसो नभएर न्यानो लुगा नलगाएकी भने होइनन्, तीन वर्षअघि इत्राम खोलामा आएको बाढीले घरबार बगाएपछि विस्थापित भएकी उनले चार हिउँद यसैगरी कटाएकी छिन्। ‘यस्तो चिसोमा एकसरो लुगामा बस्ने रहर कसको हुन्छ र?’ उनले भनिन्, ‘साँझ र बिहानको छाक टार्नै मुस्किल छ, कसरी किन्नु लुगाफाटो।’

२०७१ साउनमा बाढीले घरखेत बगाएपछि उनी अन्य बाढीपीडितजस्तै महिला प्रशिक्षण केन्द्रमा रहेको अस्थायी शिविरमा बस्दै आएकी छिन्। अस्थायी शिविरमा बस्न थालेको ३ वर्ष पूरा भइसक्यो। ३ वर्षमा ४ हिउँद खपिसकेकी उनले हरेक वर्षको हिउँद आफूहरुलाई पीडा लिएर आउने गरेको बताइन्। पछिल्ला केही दिनदेखि चिसो बढेसँगै त्रिपालको भरमा बस्दै आएका बाढीपीडितको दैनिकी कष्टकर बनेको छ। 

दिन प्रतिदिन तापक्रममा गिरावट आउँदा बाढीपीडितले थप सास्ती भोगिरहेका छन्। रातिको शितलहरका कारण त्रिपालको भरमा बस्दै आएका बाढीपीडितको विजोग भएको छ। 

‘३ वर्ष पुराना त्रिपाल च्यातिएर छियाछिया भइसके,’ धनसरीले भनिन्, ‘शीत पनि नछेक्ने अवस्थामा पुगेका त्रिपालकै भरमा बसिरहेका छौं।’ चिसोका कारण अस्थायी शिविरमा रहेका वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन्। उनीहरुको अवस्था नाजुक बन्दै गएको धनसरी बताउँछिन्। चिसो खप्न निकै गाह्रो भएको भन्दै उनले भनिन्, ‘रातभर त्रिपालबाट शीत चुहिएर हामीले ओढेको सिरक भिजाउँछ, पीडाले छातीमा गाँठो पर्छ। आँसुले सिरानी भिजेको पत्तै हुँदैन।’

३ वर्ष बितिसक्दा समेत सरकारले पुनःस्थापना नगरिदिँदा यहाँका बाढीपीडितले सास्ती भोगिरहेका छन्। वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रका साथै हरिहरपुरको रानीघाटमा अस्थायी शिविर बनाएर बाढीपीडितलाई राखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बाढीपीडित तुलसी सुनारले ‘आज मरिन्छ कि भोलि’ भन्ने अवस्थामा पुगेको दुखेसो पोखिन्। पुस महिना लागेसँगै त्रिपालबाट चुहिएको शितले रात काट्न मुस्किल पर्ने गरेको उनले बताइन्। ‘त्रिपाल पनि च्यातिएका छन्, नयाँ किन्नका लागि पैसा छैन,’ शीतले भिजेको कपडा घाममा सुकाउँदै गरेकी उनले भनिन्, ‘रातभरि शित चुहिएर कपडा सबै भिजेको हुन्छ, घाम लागेपछि हरेक दिन सुकाउनुपर्छ।’ 

चिसोका कारण बाढीपीडितको स्वास्थ्यमा समते समस्या देखिन थालेको छ। ‘चिसो बढेपछि ढाड दुख्ने समस्याले दुख दिइरहेको छ,’ तुलसीले भनिन्, ‘अस्पताल जानका लागि पन खर्च छैन। बिहान बेलुकाको छाक टार्ने कि ज्यानको उपचार गर्ने?’

सरकारले जग्गा खरिदका लागि भनेर दिएको ५० हजार रुपैयाँ गुजारा चलाउनमै खर्च भएको उनले बताइन्। घर बनाउनका लागि ३ लाख रुपैयाँ दिने भने पनि आफूले पाउन नसकेको उनी सुनाउँछिन्। ‘अहिलेसम्म हामीले पाएको त्यही ५० हजार मात्रै हो, त्यसले ऐलानी जग्गा किन्न समेत पुग्दैन, कसरी घर बनाउनु?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले दीर्घकालीन रुपमा पुनःस्थापना गरिदिए आफूहरुले थप समस्या भोग्नुनपर्ने उनीहरुको भनाइ छ। बाढीपीडितले जतिसक्दो छिटो पुनःस्थापना गरिदिन सरकारसँग माग गरेका छन्। 

‘त्रिपालको बास छ। यसले न जाडो छेक्छ, न गर्मी,’ धनसरीले भनिन्, ‘बर्खा पनि हाम्रा लागि कष्ट बनेर आउँछ। यसरी कतिञ्जेल बस्ने? सरकारले हाम्रो पीडा बुझेर पुनःस्थापना गरिदिए हुनेथियो।’

प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्