बेइजिङ- बेलायती विश्वविद्यालयमा अध्ययनका लागि चीनका १९ हजार ७ सय ६० विद्यार्थीले आवेदन दिएका छन्। आवेदन दिनेहरुको यो संख्या अघिल्लो बर्षको भन्दा ३० प्रतिशत बढी भएको 'चाइना डेली'ले शनिबार लेखेको छ।
बेलायती विश्वविद्यालयमा अध्ययनका लागि उत्तरी आयरल्यान्डबाट भन्दा चीनबाट बढी विद्यार्थीको आवेदन परेको यो पहिलो पटक भएको बताइएको छ।
उत्तरी आयरल्यान्डबाट १८ हजार ५ सय २० मात्र विद्यार्थी आउने अपेक्षा गरिएको कलेज तथा विश्वविद्यालयका प्रशासन श्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ।
त्यसैगरी युरोपियन युनियनआवद्ध देशहरुबाट पनि विद्यार्थीहरु अध्ययनको क्रममा बेलायत जाने क्रम बढेको अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।