मोगादिसु- सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले जानकारी दिएका छन्। घटनामा परी ५६ जना घाइते भएका छन्।
देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा लोकप्रिय असासी होटलमा भएको यो आक्रमण अल सबाबका लडाकुहरुले गरेको दाबी गरिएको छ।
मृत्यु भएका मध्ये ३ केन्याली, एक क्यानाडाली, एक बेलायती, २ अमेरिकी र ३ तान्जानीयाली नागरिक रहेका अधिकारीहरुले जनाएका छन्।
घटनामा परी २ जना पत्रकारको पनि मृत्यु भएको पत्रकार सम्बन्धी संगठनले पुष्टि गरेको छ।
त्यसैगरी घाइते भएका मध्ये २ जना चिनियाँ नागरिक रहेका क्षेत्रीय अध्यक्ष अहमद मोहमद इस्लामले पत्रकारहरुलाई जानकारी दिए।
आक्रमणमा ४ जना संलग्न भएको अधिकारीहरुले बताएका छन्। विस्फोटन धेरै ठूलो भएको प्रत्यक्षदर्शीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।