क्वालालम्पुर- मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार ९४औँ जन्मोत्सव मनाएका छन्।
अहिले सरकारको नेतृत्वमा रहेका नेताहरूमध्ये उनी सम्भवतः संसारकै सवैभन्दा ज्येष्ठ सरकार प्रमुख हुन्। उनी अहिले दोस्रो चरणको राजनीतिक जीवनमा मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। गत मेमा भएको निर्वाचनमा उनको गठबन्धनले विजय हासिल गरेपछि उनी फेरि प्रधानमन्त्री बनेका थिए।
यसअघि मोहम्मदले प्रधानमन्त्री भएका बेला देशका लागि अविस्मरणीय योगदान गरेर सक्रिय राजनीतिबाट टाढिँदै भएका थिए। तर, देशमा भ्रष्टाचार र विकृति बढ्दै गएको भन्दै फेरि सक्रिय राजनीतिमा फर्किएका हुन्।
उनले आफूलाई जन्मदिनको अवसरमा शुभकामना दिने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।