काठमाडौं– युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २० हजार गरी कूल ३० हजार रुपैयाँ धरौटीमा उनी रिहा भएकी काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।
प्रहरीले उनलाई असार १३ गते बिहान बालाजुबाट पक्राउ गरेको थियो।
आफूलाई धर्ती माता बताउँदै उनले एक युवतीलाई सिंहदरबार अगाडि रहेको भद्रकालीको मन्दिर नजिकै कुटपिट गरेकी थिइन्। उनले यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उनले एक युवतीलाई ‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै पिटेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।