काठमाडौं - आज आइतबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ भने तराई भू(भागको मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ ।
आइतबार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू(भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
तराई भू(भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।