काठमाडौं– युवतीलाई कुटपिट गर्ने धर्ती मातालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले बताए।
आफूलाई धर्ती माता बताउँदै एक महिलाले सिंहदरबार अगाडि रहेको भद्रकालीको मन्दिर नजिक कुटपिट गरेकी थिइन्। उनले यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उनले एक युवतीलाई ‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै पिटेकी थिइन्।
उनलाई पक्राउ गरिए पनि अहिलेसम्म पीडित सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।