काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा बोल्दै शान्ति सुरक्षा कायम गर्ने प्रयासको क्रममा कुमार पौडेलदेखि सरोज यादवसम्मको घटना भएको जवाफ सदनमा दिएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले जनताको सुरक्षा गर्नका खातिर घटना भएका भन्दै बचाउ गरे।
यस्तो छ गृहमन्त्रीको जवाफः
लोकतन्त्रको रक्षा गर्न सरकार प्रतिवद्ध छ। राज्यलाई जनताको जनादेश त्यही छ। त्यो भूमिकामा हामी प्रतिबद्ध छौं। यही क्रममा ती घटनाहरु घटेका हुन्।
विप्लव समूहले चन्दा आतंक मच्याएको कारण शान्ति, सुव्यवस्था कायम गर्नखोज्दा सर्लाहीको घटना घटेको हो। शान्ति, सुव्यवस्था र आगमनलाई सुचारु बनाउन खोज्दा यस्तो भएको हो।
इश्वरपुरको हकमा भने राजमार्ग अवरुद्ध गरेपछि खुलाउन खोज्दा यस्तो भएको हो। प्रहरीमाथि ढुङ्गामुढा भएपछि यो घटना भएको हो। छानबिन समिति बनेको छ। खाल्डोका बारेमा, त्यहाँका ठेकेदार र स्थानीय सरकारको बारेमा पत्ता लगाउन छानबिन चलिरहेको छ। दोषीहरुमाथि राज्यले कारबाही गर्नेछ।
संसदीय समिति बनाउने अधिकार सदनको कुरा हो। सरकार विरोधमा छैन। संसद्ले आवश्यकता महशुस गर्छ भने छानबिन गर्नसक्छ।
यी दुःखद घटना हुन्, म दुःख व्यक्त गर्न चाहन्छु। राज्यको निष्कर्ष पनि यही छ। यो सदनमा यी कुरा म गम्भीरताका साथ लिन्छु र यहाँको निर्देशनअनुसार चल्नेछु। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।