काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरणका लागि दबाव दिँदै शनिबार र्याली निकालिएको छ।
प्रज्ञा भवन कमलादीबाट निकालिएको र्यालीमा स्वच्छ वातावरण र हराभरा काठमाडौं बनाउनुपर्नेमा जोड दिइएको थियो। डा भगवान कोइराला, कलाकार निर्मल शर्मा 'गैंडा'का साथै वातावरणविद्, विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको र्याली नक्सालको नारायणचौर पुगेर टुंगिएको थियो।
मास्क लगाएर र्यालीमा उत्रेका सहभागीहरुले 'स्वच्छ हावा' मा जोड दिँदै धूमपान नगर्दा पनि फोक्सोको क्यान्सर हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।