• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसियाको अनुमतिपछि मात्र सूचीकृत ९९ स्वास्थ्य संस्था बायोमेट्रिकका लागि योग्य हुने

स्वास्थ्य संस्थामाथि उजुरीका लागि ३ दिनको समय, मलेसियाको अनुगमन असारभित्रै
64x64
नेपाल लाइभ आइतबार, असार २२, २०७६  १४:५१
1140x725

काठमाडौं– मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि छनोट भई सूचिकृत भएका ९९ वटा स्वास्थ्य संस्था मलेसियाली सरकारको अनुमतिपछि मात्रै बायोमेट्रिक प्रणालीका लागि योग्य हुने भएका छन्।

नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट खटिएका प्राविधिकहरु सहितको टोलीबाट भएको स्थलगत अनुगमन तथा निरीक्षणबाट छनोट भई सूचिकृत भएका ९९ स्वास्थ्य संस्था मलेसियाली सरकारको अनुमतिपछि मात्रै बायोमेट्रिक प्रणालीका लागि योग्य हुने श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि २ सय ९० वटा स्वास्थ्य संस्थाले आवेदन दिएकोमा मन्त्रालयको प्राविधिक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरी मन्त्रालयको विशेष समितिमा प्रतिवेदन बुझाएको थियो।

सोही प्रतिवेदनको आधारमा विशेष समितिबाट ९९ वटा स्वास्थ्य संस्थाहरु छनोट भएका हुन्।

विशेष समितिबाट छनोट भई सूचिकृत भएका ९९ वटा स्वास्थ्य संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने वा नपाउनेबारे भने अझै टुंगो लाग्न सकेको छैन। नेपाल सरकारले छनोट गरेका ९९ स्वास्थ्य संस्थाबारे मलेसियाली सरकारले अनुगमन गर्ने र त्यसपछि मात्र मलेसियाली बायोमेट्रिक प्रणालीका लागि योग्य हुने वा नहुनेबारे अन्तिम निर्णय हुने प्रवक्ता रेग्मीले स्पष्ट पारे।

केही स्वास्थ्य व्यवसायीहरुले सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्थाहरु एकतर्फी अनुगमनबाट सूचिकृत गरी उम्किने बाटो रचेको बताएका छन्।

एक स्वास्थ्य व्यवसायीले नेपाल लाइभसँग भने, ‘मलेसियाले भेण्डर परिवर्तन गर्न चाहेकै छैन, ९९ स्वास्थ्य संस्था सूचिकृत गरियो भनेर सरकारले उम्किने बाटो अपनाएको हो, तत्काल मलेसियाले बायोमेट्रिक प्रणालीमा नयाँ स्वास्थ्य संस्था थप गर्ने सम्भावना न्यून छ।’

Ncell 2
Ncell 2
nimb
nimb

श्रम प्रवक्ता रेग्मी भने यो कुरा मान्न तयार छैनन्। उनी भन्छन्, ‘नेपाल सरकारका तर्फबाट मलेसियाले पठाएको मापदण्डअनुसार नै स्वास्थ्य संस्था छनोट गरिएको हो। छनोट गरिएका ९९ स्वास्थ्य संस्थाहरुले मलेसिया सरकारले अनुमति दिएपछि मात्रै मलेसियाको बायोमेडिकल प्रणालीका लागि मान्य हुन्छन्।’

मन्त्रालयले सूचिकृत गरेका नयाँ स्वास्थ्य संस्थाको नामावलीसहितको सम्पूर्ण विवरण मलेसिया पठाइसकिएको पनि उनले जानकारी दिए। मलेसियाले मान्यता दिएपछि मात्रै सूचिकृत भएका स्वास्थ्य संस्थाहरु मलेसिया र नेपाल दुवै देशको बायोमेट्रिक प्रणालीका लागि योग्य हुनेछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने नयाँ स्वास्थ्य संस्था नेपाल सरकारले छनोट गरी सूचिकृत गरेसँगै मलेसिया जाने कामदारमाथि रहेको सिण्डिकेट हटिसेकेको दाबी गरे।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री विष्टले भने, ‘मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्था छनोट भएसँगै मलेसिया जाने कामदारमाथि सिण्डिकेटको अन्त्य भएको छ, चित्त नबुझेमा ३ दिनभित्र उजुरीका लागि खुल्ला गरिएको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केही दिनमै मलेसिया रोजगारी टुंगो लाग्ने पनि मन्त्री विष्टले खुलासा गरे।

मलेसिया र नेपाल सरकारबीच भएको श्रम समझदारी पत्र (एमओयू)मा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मलेसियाले पठाएको मापदण्डका आधारमा नेपाल सरकारले नयाँ स्वास्थ्य संस्था छनोट गरिने व्यवस्था छ।

समझदारीमा उल्लेख भएअनुसार नै मलेसिया सरकारले नेपाल सरकारलाई केही समय अगाडि स्वास्थ्य संस्थाका लागि मापदण्ड पठाएको थियो। सोही मापदण्डअनुसार नेपाल सरकारले नयाँ स्वास्थ्य संस्था छनोट गरी सूचिकृत गरेको मन्त्रालयले जनाएको छ।

तर, भेण्डर परिवर्तन गर्न तथा बायोमेडिकल प्रणालीमा नयाँ स्वास्थ्य संस्था थप गर्न मलेसियाले आनाकानी गरिरहेको छ। स्वास्थ्य संस्थाको टुंगो लाग्न नसक्दा नै नयाँ प्रकृयामार्फत मलेसिया रोजगारी खुल्न नसकेको मन्त्रालयको दाबी छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यसै महिना भित्रमा मलेसियाली प्राविधिक टोली नेपाल आउने र बायोमेडिकल प्रणालीलगायत मलेसिया रोजगारीमा टुंगो लगाउने प्रतिक्रिया दिँदै आएका छन्।

यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था ३७ वटा मात्रै रहँदै आएकोमा कामदारमाथि सिण्डिकेट भएको तथा अनावश्यक आर्थिक भार परेको भन्दै मन्त्री विष्टले २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द गराएका थिए।

बन्द भएको एक वर्ष बितिसक्दा पनि मलेसिया रोजगारी खुल्ने टुंगो लाग्न सकेको छैन।

मलेसिया र  नेपाल सरकारबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुँदै। 

गत कात्तिक १२ गते मलेसिया र  नेपाल सरकारबीच शून्य लागतमा कामदार पठाउने गरी श्रम समझदारी पत्र (एमओयू)मा भने हस्ताक्षर भइसकेको छ। श्रम समझदारी भएको ५ महिना बितिसकेको छ। यसबीचमा गत चैत महिनादेखि जेठ २ गतेभित्र 'कलिङ' भिसा आइसकेका कामदारहरुलाई भने मलेसिया पठाउन थालिएको छ।

समझदारीको ५ महिना बितिसक्दा पनि कलिङ भिसा आएका कामदारहरु पुरानै भेण्डर र प्रकृयामार्फत प्रतिव्यक्ति डेढ लाख रुपैयाँसम्म रकम बुझाएर मलेसिया जान बाध्य छन्।

वैदेशिक रोजगार व्यवसायीका अनुसार ७ हजारभन्दा बढीको स्ख्यामा मलेसियाको कलिङ भिसा लागेका कामदार छन्। श्रम कार्यालय ताहाचलमार्फत ५ हजार बढी कलिङ भिसा लागेका कामदार पुरानै प्रकृयामार्फत मलेसिया पुगिसकेका छन्।

प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्