• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भारतीय दूतावासको करोडौं लगानीका योजना वर्षौंदेखि अलपत्र (फोटो फिचर)

64x64
नेपाल लाइभ शुक्रबार, पुस २१, २०७४  ०९:५६
1140x725

राजविराज– ९ वर्षअगाडि शिलान्यास गरिएको सप्तरीको राजविराज नगरपालिका–१६, बोरियास्थित नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयको भवन निर्माण कार्य अहिलेसम्म सम्पन्न हुन सकेको छैन। भारतीय सहयोगको सो भवन निर्माण कार्य अधुरो राखेर ठेकेदारले काम छोडेपछि पठनपाठनमा समस्या भएको छ।

तत्कालीन राजदूत शिवशंकर मुखर्जीले २०६४ चैत ६ गते शिलान्यास गरेको भवन निर्माणको ठेक्का डाँफे कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको छ। भारतीय राजदूतावासको १ करोड ३५ लाख १३ हजार १ सय ६ रुपैयाँ सहयोगमा सुरु भएको ९ कोठे भवनको निर्माण काम तीन वर्षभित्र सम्पन्न हुनुपर्ने थियो, त अहिलेसम्म पनि झ्यालढोका, वायरिङ, रङरोगन लगायतका काम अधुरै छन्।

‘एकातिर ठाउँ छेकेर अधुरो भवन ठडिएको छ, अर्कोतिर बालबालिकालाई पठनपाठन गर्न कोठा छैन,’ विद्यालयका प्रधानाध्यापक खिलानाथ गौतम भन्छन्, ‘यसपालिदेखि माध्यमिक तहमा व्यावसायिक शिक्षा अन्तर्गत इलेक्ट्रिकल इन्जिनियरिङको अद्ययनका गर्न स्विकृति आएको छ, कोठा अभावले कक्षा सञ्चालन गर्न समस्या भयो।’

अधुरो भवन निर्माण कार्य पूरा गराउन पटकपटक प्रयास पनि भए। जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा पटकपटक आग्रह गरिएपछि २०६९ फागुन ३ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिराज पन्त, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटा समेतको उपस्थितिमा बैठक बसी २०७० असार १५ भित्र निर्माण कार्य सम्पन्न गर्ने निर्णय पनि गरियो। तर, अहिलेसम्म रोकिएको काम अगाडि नबढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्मेश यादवले जानकारी दिए।

कन्या छात्रावास अपुरै    
यस्तै, ०६२ जेठ २९ गते ठेक्का लागेको राजविराजस्थित मुलुककै पुरानो महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावासको योजना अझै पूरा हुन सकेको छैन। 

भारतीय राजदूतावासको १ करोड ९६ लाख ४५ हजार ५३२ रुपैयाँ सहयोगमा निर्माणाधीन छात्रावासको निर्माण सन् २००६ भित्रै सम्पन्न गर्नुपर्ने थियो। तर निर्धारित समय सकिएको ११ वर्ष बितिसक्दा पनि योजनाको २० प्रतिशत काम अधुरै छ। ५६ कोठे उक्त छात्राबासको झ्याल, ढोका, दुई वटा सिँढी, घर र छतको रेलिङ, रङरोगन, विद्युत जडान, क्यान्टिन र शौचालय निर्माण लगायतका काम बाँकी नै छन्। समितिमार्फत निर्माण सुरु गरिएको छात्राबासको अधुरो काम सम्पन्न गर्न पटकपटक भएका प्रयास असफल हुँदै आएका छन्। 

वर्षौंदेखि रोकिएको निर्माण कार्य पुनः सुरु हुनेमा सबैले आशा मारेका छन्। छात्राबास निर्माण समितिका संयोजक रहेका सप्तरी निवासी शेखरकुमार सिंह हाल राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्।

दूतावासका ५ योजना अलपत्र    
यति मात्रै होइन, सप्तरीमा भारतीय दूतावासको आर्थिक सहयोगमा सञ्चालित ५ वटा योजना वर्षौदेखि अलपत्र छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कूल ९ करोड ६५ लाख ६४ हजार रुपैयाँ लगानीका यी योजनाका लागि जिल्ला विकास समिति सप्तरीले विभिन्न ठेकेदारहरुको नाममा ७ करोड ३० लाख ६९ हजार रुपैयाँको छुट्टाछुट्टै टेन्डर गरेको थियो। तर, हालसम्म कुनै पनि योजना पूरा नभएको जिल्ला समन्वय समिति सप्तरीका शाखा अधिकृत गंगा साह बताउँछन्।

जसमध्ये २ करोड २३ लाख ४४ हजार रुपैयाँको टेन्डर गरिएको सगरमाथा अञ्चल अस्पताल राजविराजको प्रसूति तथा आकस्मिक कक्ष भवनको निर्माण कार्य पनि अलपत्र छ।

यो योजना अक्टोबर २००७ देखि जनवरी २०१० सम्ममा पूरा गरिसक्नुपर्ने थियो। दिवा नरेन्द्र उदाय दास जेभीले ठेक्का लिएको यी योजना पूरा नहुँदा बिरामीले सास्ती बेहोर्दै आएका छन्।

२०६४ असारमै पूरा गरी सक्नुपर्ने जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको भवन निर्माण योजनाका लागि ३१ लाख १५ हजार रुपैयाँको टेन्डर भएको थियो। ९० प्रतिशतभन्दा बढी बजेट निकासा भइसकेको यो योजना पनि अलपत्र अवस्थामा छ। जोशिला प्रकाश निर्माण सेवा जेभी विराटनगरले यसको ठेक्का पाएको थियो। यो योजनाका लागि दूतावासले २० लाख ९१ हजार ८ सय १० रुपैयाँको बजेट थप पनि गरेको छ। यसका लागि तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार सिंहको संयोजकत्मा निर्माण समिति गठन गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यता, ०६४ असारभित्र सम्पन्न गर्नुपर्ने कुनौली–फत्तेपुर सडक योजना १० वर्ष बितिसक्दा पनि अधुरो छ। १० किलोमिटर सडक निर्माणका लागि भारतीय दूतावासले २ करोड ९७ लाख २२ हजार रुपैयाँ सहयोग गरेको छ। वाइपी देव एन्ड शेयर विशालराज सेन कन्सट्रक्सन जेभी राजविराजले टेन्डर लिएको यो योजना ०६३ असार ७ देखि सुरु भएको थियो। यो योजनामा हालसम्म भएका काममा समेत गुणस्तरको प्रश्न उठेको छ।

भारतीय दूतावास मार्फत सञ्चालनमा रहेका सम्पूर्ण योजना अलपत्र परेपछि सप्तरीवासी एकातर्फ पाएको सुविधा उपभोग गर्नवाट वञ्चित भएका छन् भने अर्कोतर्फ तिनै योजनाका कारण थप योजना नआउने भएपछि विकासको गति नै रोकिने चिन्तामा छन्। दूतावासकै कमजोरीका कारण ती योजना अलपत्र परेकाले यथाशीघ्र काम सम्पन्न गर्नेतर्फ दबाब सिर्जना गर्न स्थानीयले माग गरेका छन्। 

अधिकांश योजनाका ठेकेदार तथा निर्माण समितिका संयोजक दूतावास र दूतावासका कर्मचारीको नजिक रहेकाले योजना अधुरै रहँदा पनि कसैले दबाब दिन नसकेको स्थानीयको बुझाइ छ।

योजना पूरा गर्न भारतीय दूतावासले चासो नै नदिएको भने होइन। ०७३ बैसाख २९ गते राजविराज आएका नेपालस्थित भारतीय दूतावासका डिसिएम (उप–प्रमुख) विनयकुमारले पनि सप्तरीमा भारतीय सहयोगमा सञ्चालित योजनाहरु अधुरो रहेकोमा दुःख व्यक्त गरेका थिए। उनले अधुरा योजना पूरा गराउनेतर्फ पहलको लागि आग्रह गर्दै त्यसो हुन नसके नयाँ योजना थप हुन नसक्ने चेतावनी दिएर फर्केका थिए। 

प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४  ०९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्