काठमाडौं – मण्डला नाट्य थिएटरको चर्चित नाटक ‘सरजमिन’लाई पूर्वाअञ्चलका विभिन्न आठ शहरमा प्रदर्शन गरिने भएको छ। लेट्स इन्टरटेन्मेन्ट प्रालि र मण्डला थिएटर नेपालको सहकार्यमा ‘सरजमिन’लाई प्रर्दशन गर्न लागिएको आयोजकले जानकारी गराएको छ।
दोश्रो पूर्वाञ्चल नाट्य यात्रा २०७४ अन्र्तगत उक्त नाटकलाई लिएर घुम्ती रंगमञ्च भ्रमण कार्यक्रमका रुपमा सञ्चालन गरिने छ। प्रवीण खतिवडाको निर्देशनमा तयार नाटक ‘सरजमिन’मा नेपाली रंगमञ्चका चर्चित कालकारहरु बुद्धी तामाङ, बिजय बराल, विकास जोशी, उमेश तामाङ, सोमनाथ खनाल, रञ्जना ओली, बिनिता गुरुङ्ग, संयोग गुरागाईँ, रोहित पौडेल, सिजन दाहाल, इँगिहोपो कोइँच सुनुवारलगायतको अभिनय रहेको छ।
पुष २४ गते इटहरीबाट शुरु हने नाटक इटहरी पछि क्रमशः लेटाङ, बेलबारी, चुलाचुली, धुलाबारी, झोराहाट, रमाईलो हुदैँ माघ ८ गते बिराटनगरमा समापन गरिने छ। नाटक सँगै मण्डलाको व्यवसायिक कलाकारहरुको टोलीले स्थानीय स्तरमा नाटक गरीरहेका र सिक्न चाहने २५ कलाकारहरुका लागि कम्तिमा ५० घण्टे प्रशिक्षण समेत दिइनेछ। थिएटर नेपालका निर्देशक राजन खतिवडा र नाटक 'सरजमिन'का निर्देशक प्रवीण खतिवडासहित नाट्य यात्रामा सरिक अन्य कलाकारहरुले तालिम प्रदान गर्नेछन् भने तालिमको सुपरिवेक्षण अभिनेता दायाहाङ राईले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
घुम्ति रंगमञ्च भ्रमणअन्तर्गतको यो कार्यक्रमले राजधानी र मोफसलका कलाकारहरुबीच सञ्चार सम्पर्क बढाउन र स्थानीय कला र कलाकारहरुको सशक्तीकरण गराउन समेत मदत पुर्याउने विश्वास आयोजकले लिएको छ।
यस्ता प्रकृतीका कार्यक्रमद्धारा केन्द्रिकृत नेपाली कला र सांस्कृतिक गतिविधिलाई विकेन्द्रित गर्नु देखी राष्ट्रियस्तरमा ख्याति कमाएका ब्राण्ड र उत्पादनहरुलाई राष्ट्रकै चर्चित सेलिब्रेटीहरुको माध्यमद्वारा स्थानीय स्तरमा प्रवद्र्धन गराउने समेत उदेश्य रहेको आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।