काठमाडौं- गीतकार साबु गदाल कार्की अमेरिकास्थित कोलोराडो राज्यका लागि पर्यटन दूत नियुक्त भएकी छिन्।
कार्कीलाई पर्यटन बोर्डले नेपाल पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न दुई वर्षका लागि पर्यटन दूत बनाएको हो। उनले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धन र संस्कृतिको विकासका लागि सक्दो प्रयास गर्ने बताएकी छिन्।
कार्की एक दशकदेखि अमेरिकाको कोलोराडोमै बस्दै आएकी छिन्। उनले नेपाली गीत लेखनसँगै फिल्म 'दर्पण छाया २' मा लगानी समेत गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।